ओखरपौवाको वन्चरेडांडामा फेरी रोकियो फोहोर
बिदुर- काठमाडौं उपत्यकाको फोहोर दैनिक विसर्जन गरिदै आएको नुवाकोटको ओखरपौवास्थित बन्चरेडाँडामा फेरी फोहोर फाल्न रोकिएको छ । पहिलेको माग पुरा नगरेको जनाउंदै स्थानीयवासीले वुधवारदेखि फोहोर विसर्जन गर्न रोक लगाएका हुन् ।

बन्चरेडाँडामा ल्यान्डफिल साइटका प्रभावित स्थानीयले पहिलेको मागहरु सम्वन्धित पक्षले पुरा नगरेको जनाउंदै फोहोर वोकेर आएका ट्रकहरु रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । फोहोर वोकेर आएका ५० थान वढि ट्रकहरु फोहोर विसर्जन गर्न नपाएपछि फर्किएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

गत २०७९ साल जेठ २ गते काठमाडौं उपत्यकाको फोहोर दैनिक विसर्जन गरिदै आएको सिसडोल वन्चरेडांडा, कुडुले ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा सहजताका लागि काठमाडौ महानगरपालिका र स्थानीयवासीसंग भएको १८ वुंदे सहमति कार्यान्वयन नगरिएको जनाउंदै स्थानीयवासीले फोहोर फाल्न रोक लगाएका हुन् । उक्त समयमा स्थानीयवासीसंग काठमाडौ महानगरपालिकाका मेयर वालेन्द्र साह वालेन, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकिय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउंपालिका १ का वडाध्यक्ष पदमवहादुर वलामी, २ का वडाध्यक्ष तीलकवहादुर लामा, धुनीवेसी नपा १ का वडाध्यक्ष श्रीमानवहादुर तामाङ, ३ का वडाध्यक्ष प्रकाश हमाल, स्थानीयवासी तथा सरोकारवालावीच वन्चरेडांडा वरपरको घरटहरा क्षतिपुर्ति तीन महिनाभित्र निर्णय गर्ने, तीनपिप्लेदेखि वन्चरेडांडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लगत कायम गर्न पहल गर्ने, फोहोर विसर्जन स्थल र फोहोर लैजाने वाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्नेलगायत १८ वुंदे माग पुरा नगरेको जनाउंदै स्थानीयवासीले पुनः आन्दोलन थालेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको हो ।

वन्चरेडांडा ल्याण्डफिल साइटमा काठमाडौ, ललीतपुर, भक्तपुरका साथै काभ्रेको फोहोरसमेत विसर्जन हुने गरेको प्रहरीले जनाएको छ । दैनिक रुपमा दुईसय ५० देखि तीनसय ट्रक फोहोर फालिदै आएको छ । फोहोर वोकेका ट्रक रोक्ने क्रममा सर्वसाधारणसंग ओखरपौवाको वन्चरडांडामा वुधवार प्लेकार्ड वोकेर विद्यार्थीसमेत सहभागी रहेको थिए । फोहोरले अध्ययनमा वाधा पारेको र तत्काल वैज्ञानिक रुपमा व्यवस्थापन गरिनु पर्ने उनीहरुको माग रहेको छ ।

स्थानीयवासीसंग पहिले भएका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै स्थानीयहरूले फोहोर विसर्जनका गाडीहरू साइटमै प्रवेश गर्न नदिई फर्काइदिएको डिएसपि लामाले जानकारी दिए । स्थानीयहरूले बीच बाटोमै गाडीहरू रोकिदिएका हुन् जसका कारण वन्चरेडांडामा फोहोर विसर्जन कार्य ठप्प भएको छ ।

स्थानीयहरूले फोहोर वोक्ने गाडीहरुवाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्ने, फोहोरमैला प्रभावित क्षेत्रहरुको वैज्ञानिक अध्ययन गरि प्रभावित क्षेत्रहरु छुट्ट्याउने, बन्चरेडाँडाका प्रभावित बस्तीहरूको उचित वयवस्थापन गर्नुपर्र्नेे, फोहोरलाई कुहिने/नकुहिने छुट्याउनु पर्ने, प्रभावित स्थानको शिक्षाको गुणस्तरियताको वृद्धिको कार्य गरिनेलगायतका माग पुरा हुन नसकोको स्थानीयवासीले वताए । ककनी गापा १ का वडाध्यक्ष पदमवहादुर वलामीले सहमति कार्यान्वयनका लागि कसैले पनि चासो नदिएका कारण स्थानीयवासी आक्रोशित भएको वताए ।

विशेष रुपमा स्थानीयवासीले फोहोरको बैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहितको काठमाडौ महानगरपालिकासंग भएको १८ वुंदे सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । सांढे तनि वर्ष अगाडि गरिएको सहमति कार्यान्वयन नहुदाँ प्रभावित क्षेत्रमा फोहोरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीले गुनासो गरेका छन् ।












































