जिल्लास्तरिय फुटवल प्रतियोगिता सुरु
बिदुर-विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको वट्टारमा शुक्रवारदेखि जिल्लास्तरिय अन्तर विद्यालयमा फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सहभागिताका लागि १६ विद्यालयको २० टिमको सहभागिता रहेको छ । नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा शुक्रवारदेखि यू–१४ छात्र÷छात्रा अन्तरविद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता सुरु भएको हो । स्व. खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा सन्चालित प्रतियोगिता आगामी मंसिर २ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका केन्द्रीय केन्द्रीय अध्यक्ष पंकजविक्रम नेम्वाङले उद्घाटन गरे । उनले फुटवल खेललाई विद्यार्थी जीवनदेखि नै प्रमुखताका साथ क्रियाशीलता वढाउनु पर्ने जोड दिए । उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर प्रभा वोगटी, एन्फाका उपाध्यक्ष दीपक खतिवडा र दावा लामा, पदाधिकारी, सदस्यलगायतले फुटवल खेलको विकास र विस्तारवाटै खेलाडिहरुको पहिचान हुने वताए । प्रतियोगिताको उदघाटन खेलमा तीनधारे पिपलडाँडा मावि चारघरेले र त्रिशूली सामुदायिक बोर्डिङ स्कुललाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरि आफ्नो अंक तालिका वढाएको छ ।

निर्धारित खेल समयमा तीनधारेका समीर तामाङ र दीपेश भट्टले एक/एक गोल गरेका हुन् । दीपेश भट्टले म्यान अफ दि म्याचको पुरस्कार थापे । फुटबललाई सशक्त र बलियो बनाउने आधार नै विद्यार्थीहरु रहेको कारण फुटवलललाई मजवुत वनाउन आयोजित प्रतियोगितामा नुवाकोटका संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि २० टिमको सहभागिता रहेको नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । उनका अनुसार उक्त फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडि उत्पादन गर्न मद्धत गर्नुका साथै यसले नव प्रतिभावान खेलाडीहरुको पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सन्चालन गरिएको छ । विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गरिएको आयोजक नुवाकोट जिल्ला फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले बताए । प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन गरिएएको संघका महासचिव विष्णु चालिसेले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताका साथै उत्कृष्ट खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सन्चालित प्रतियोगिताको खेल तालिकामा छात्रातर्फ दाङसिंङ मावि, अर्किड एकेडेमी, जेडी बोर्डिङ र चन्द्रज्योती माविले सहभागिता जनाएका छन् । छात्रतर्फ सहभागि भएका १६ विद्यालयलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा लिग चरणको खेलमा शनिवारदेखि प्रत्येक दिन चार खेल हुनेछ । प्रतियोगिताको फाईनल खेल आमामी मंसिर २ गते हुनेछ ।













































