जेनजी आन्दोलनमा रसुवाका दुई घाइते

– प्रशासनले निकाल्यो विवरण
लोकखबर
२०८२ मंसिर १, सोमबार २१:२६

बिदुर-दुई महिना अगाडि जेनजी पुस्ताको आन्दोलनका क्रममा रसुवाका दुई जना घाइते भएको विवरण सार्वजनिक भएको छ । गत भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलनका क्रममा रसुवाका दुई जना घाइते भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

घाइतेहरुको वर्गिकरण सम्वन्धि कार्यविद्यि दफा ४ वमोजिम रसुवा प्रशासनले आन्दोलनको क्रममा केशव अधिकारी र रेजिनदोर्जे तामाङ दुई जना घाइते भएको विवरण अद्यावधिकसहितसार्वजनिक गरेको छ । तर, उनीहरुको सम्बन्धमा थप ठेगाना, उमेर सहितको अन्य विवरण नभएकाले सात दिनभित्र सम्पर्क गर्नको लागी अनुरोध गरेको आइतवार सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।


सर्वाधिक रुचाइएको