एकसय २९ घरपरिवारलाई विद्युुतीय चुल्हो

– राइसकुकुरसमेत प्रदान
लोकखबर
२०८२ मंसिर १२, शुक्रबार २३:१०

बिदुर– वातावरण तथा स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको ग्रामीण भेग सुनखानीमा  विद्युतीय चुल्हो र खाना वनाउने उपकरण वितरण गरिएको छ । यसवाट गाउ.वासीमा वातावरण सचेतना पुगेको छ ।  शिवपुरी गाउँपालिका–७ सुनखानीका एकसय एकसय २९ घरपरिवारलाई इन्फ्रारेड ओभन र राइसकुकर प्रदान गरिएको हो । ग्रामीण भेगका स्थानीय नागरिकहरुलाई विद्युत उपकरण सहयोगस्वरूप वितरण गरेको हो ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गाउंवासीलाई ति सामग्रीहरु हस्तान्तरण गरे । उनले वनजंगल तथा वातावरण, पर्यावरणको संरक्षणको उद्धेश्यले गरिएको उक्त कार्य नमुनायोग्य रहेको वताए ।   सुनखानीमा आयोजित कार्यक्रममा एकसय २९ घरपरिवारलाई एक÷एक थान विद्युतीय चुल्हो र एक÷एक थान राइसकुकर प्रदान गरिएको स्थानीय केयर फर चिल्ड्रेनका अध्यक्ष अर्जुन थपलियाले जानकारी दिए । उनका अनुसार यसअघि पनि सोही वडाका ३७ र ३० घरपरिवारलाई पहिलो र दोश्रो चरणमा ग्यांस चुल्हो र सिलिण्डर प्रदान गरिसकिएको छ ।

हाल प्रति परिवार ७ हजार ५ सय रुपैयाँ बराबरको विद्युतीय चुल्हो र खाना वनाउने राइसकुकर उपकरण वितरण गरिएको संस्थाका कोषाध्यक्ष गोकर्ण गुणीले जानकारी दिए । यसअघि पनि सोही संस्थाले नुवाकोटका विभिन्न स्थानका विद्यालयहरूमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको  थियो । हालसम्म नुवाकोटका सातसय १० विद्यार्थीहरले न्यानो पोशाक पाइसकेका छन् ।

संस्थाले नुवाकोट र गोरखाका विद्यालयमा अध्ययनरत कुल सातसय ७० विद्यार्थी, एकसय ६ जना शिक्षक तथा २४ भान्सेलाई न्यानो पोशाक प्रदान  गरिसकेको जनाएको छ । कुल १५ लाख रुपैयाको लागतमा सञ्चालन भएको कार्यक्रमले पहाडी क्षेत्रमा जाडो समयमा बालबालिकाले सहज रूपमा विद्यालय जान सहयोग पुगेको अध्यक्ष अर्जुन थपलियाको भनाई छ ।

साथै विद्यालयमा अधययनरत विद्यार्थीहरूलाई दिवा खाजा, पोशाक, झोला, जुत्ता, स्टेशनरीलगायत सामग्री निरन्तर उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ । संस्थाले आवश्यक भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए ।

उनका अनुसार शिवपुरी, ककनी, पञ्चकन्या, लिखु गाउँपालिका तथा गोरखाका केही विद्यालयसमेत गरी १० विद्यालयलाई लक्ष्यित गर्दै कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थय, शिक्षा तथा सामाजिक सेवा मुल उद्धेश्य रहेको संस्थाले जनाएको छ ।


सर्वाधिक रुचाइएको