तादीमा जैविक मल विक्रि केन्द्र सन्चालन

– उत्पादन तथा निरन्तरतामा जोड
लोकखबर
२०८२ मंसिर २०, शनिबार २२:०५

बिदुर-किसानहरुको सुविधाका लागि नुवाकोटको तादी गाउँपालिकामा ‘जैविक मल उत्पादन तथा विक्री केन्द्र’ सन्चालन भएको छ । यसवाट किसानहरु खुसी भएका छन् ।

रासायनिक मलको अभाव भइरहेको वेलामा “माटोको उब्जाउ क्षमता बढाऔं, रासायनिक मलको प्रयोग घटाऔं“ भन्ने नाराका साथ तादी गापां ३ प्रभुडांडामा जैबिक मलको उत्पादन सुरु गरिएसंगै केन्द्रको उद्घाटनसमेत गरिएको छ । उक्त केन्द्रको उद्घाटन गर्दै तादी गापा अध्यक्ष सन्तमान तामाङले यसवाट किसानहरुलाई आत्मनिर्भर वन्न मद्धत गरेको र अर्गानिक उत्पादनको लागि जैबिक मलको प्रयोग गरौं, स्वाबलम्बी बनौं भन्ने नारा चरितार्थ भएको र यसको उतपादन तथा निरन्तरता आवस्यक रहेको वताए ।

नुवाकोटको तादी गाउँपालिका–३ प्रभुडाँडामा रहेको जलेश्वर बाख्रा फर्मले उक्त जैविक मल केन्द्र निर्माण गरेको हो । सो केन्द्रमा ‘बाख्राको बड्कौलाबाट जैविक मल उत्पादन तथा विक्री सुरु भएको छ ।

उक्त जैविक मल उत्पादन तथा विक्री केन्द्र कुल २५ लाख १० हजार रुपैयाँ लागतमा निर्माण भएको हो । उक्त केन्द्रमा बागमती प्रदेश सरकारबाट १९ लाख ६० हजार रुपैयाँको सहयोग प्राप्त भएको छ भने फर्मधनी रमेशकुमार बस्नेतले ५ लाख ५१ हजार रुपैयाँ भन्दाबढी निजी लगानी गरेका छन् ।

गाउंपालिकालेसमेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । विश्व माटो दिवसको सन्दर्भमा सन्चालन गरिएको सोे केन्द्रले स्थानीय कृषि उत्पादनमा योगदान, माटोको उर्वराशक्ति बढाउने, र रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोगलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको गापा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठको भनाई छ ।


सर्वाधिक रुचाइएको