विष्टको आयो ‘मिठो मिठो बोली’
बिदुर– नुवाकोटको विभिन्न स्थानमा छायांकन गरिएको गीत ‘मीठो मीठो बोली’ दर्शकमाझ आएको छ । उक्त गीतको लिखु गाउंपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गरे । गायक तथा प्रशासक अशोक विष्टको रचना, गायन र अभिनय रहेको ‘मीठो मीठो बोली’ गीतको म्युजिक भिडियो दर्शकमाझ आएको हो ।

उक्त गीतको कार्यक्रमकावीच सार्वजनिक गर्दै लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठले कला, संस्कृति तथा प्रतिभा हाम्रो पहिचान भएको र यसले समाजलाई परिवर्तन गर्ने वताए ।
उक्त गित गायक अशोक विष्टको आफ्नै युट्युव च्यानलबाट उपलव्ध गराइएको छ । उक्त गीत नुवाकोटको लिखु गापाको छहरे, चौघडामा छायांकन गरिएको हो । लिखु गापाका प्रमुख प्रशासकिय अधिकृतसमेत रहेका विष्टको यो दशौं गीत हो । उनका यसअघि आधुनिक, राष्ट्रिय, लोकगीत सार्वजनिक भइसकेको छ ।

पछिल्लो समयमा गीत संगीतमा सुमधुर आवाज र शब्दहरु दिएर श्रोता तथा दर्शक सामु परिचित हुँदै आएका गायक, गीतकार तथा कलाकार अशोक बिष्टको उक्त ‘मीठो मीठो बोली’ मा नेपाली मौलिक कला, धर्म, संस्कृति, मेलापात, बेठि, चाडपर्व, रत्यौली, ठट्यौली समावेश गरिएको छ । साथै यसै भित्र लुकेर बसेको सबै जातजाति र धर्म मसुदाय भित्रको एकसुत्र मायां र प्रेमको कथा वस्तु समेटिएको छ ।

‘मीठो मीठो बोली’ गीतमा अशोक बिष्ट तथा अस्मिता न्यौपानेको स्वर रहेको छ भने उक्त गीतलाई सरोज प्याकुरेल लय दिदै संगीत भरेका हुन् । गीतको एरेन्ज मनोहर सुनामले र रेकर्डिङ मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका हुन् । सुमधुर स्वरमा गुन्जिएको उक्त गीतमा पुनम दाहाल, अशोक बिष्टलगायतका कलाकारले अभिनय गरेका छन् ।

उक्त गीत लिखु गापाको चौघडा तथा छहरेमा छायांकन गरिएको हो । यसमा क्षेत्रपाल माविका छात्र छात्राहरुलेसमेत अभिनय गरेका छन् । उक्त गीतको नृत्य निर्देशन क्षेत्रपाल माविकै नृत्य शिक्षिका कमला चुधाराले गरेकी हुन् ।

यसको कोरियोग्राफी कोरियोग्राफर देवेन्द्र कुँवरले गरेका हुन् । विष्टको ‘मीठो मीठो बोली’ गितमा भाव प्रवाह गर्दै म त सिंगल छु मलाई के को डर भन्ने भाकामा तयार गरिएको छ ।




















































