आठहजार वढि विद्यार्थी वीमामा समाहित

– सात जनालाई दावी वीमा रकम भुक्तानी
लोकखबर
२०८२ मंसिर २२, सोमबार २३:१९

बिदुर– नुवाकोटको सांढे तीन दशक पुरानो विदुर नगरपालिकामा आठहजार वढि विद्यार्थी दुर्घटना वीमामा आवद्ध भएका छन् । दुर्घटनामा परेकाहरुले वीमा दाबी रकम प्राप्त गरिसकेका छन् ।

१३ वटा वडा रहेको विदुर नपामा दुर्घटना वीमा कार्यक्रममा आवद्ध विद्यार्थीहरुले दुर्घटना वीमा वापतको रकम प्राप्त गर्न थालेका छन् । बिदुर नपा कार्यालयमार्फत गरिएको विद्यार्थी दुर्घटना बीमा कार्यक्रम अन्र्तगत मेयर राजन श्रेष्ठले सम्बन्धित विद्यालयका व्यबस्थापन समिति तथा शिक्षकलाई सम्बन्धित बीमा कम्पनीबाट प्राप्त बीमा दाबीको भुक्तानी रकम प्रदान गरेका छन् ।

स्वास्थ्य सुरक्षालाई विदुर नपाले प्राथमिकतामा राखेको र विद्यार्थीहरुलाई दुर्घटनावाट जोगाउन र दुर्घटना भएको खण्डमा स्वास्थ्य उपचारको मद्धतका लागि दुर्घटना वीमा कार्यक्रम सन्चालन गरिएको वताए । उनले उक्त कार्यक्रम फदायी भइरहेकोसमेत वताए ।

बिदुर नपामा सन्चालित उक्त बीमा कार्यक्रममा विदुर नगरका ५४ विद्यालयका आठहजार तीनसय ३१ जना विद्यार्थीलाई समेटिएको छ । हालसम्म ७ जना बिमितले दुर्घटना दाबी भुक्तानी प्राप्त गरेका छन् ।


सर्वाधिक रुचाइएको