व्लड डोनर्सको अधिवेसन
बिदुर– नुवाकोटको विदुरमा ब्लड डोनर्स एसोशिएसन नेपाल (ब्लोदान) को अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ । ब्लड डोनर्स एसोशिएसन नुवाकोटको अध्यक्षमा ईश्वरप्रसाद ढुङ्गाना चयन भएका छन् ।

बट्टारमा भएको प्रथम जिल्ला अधिवेशनले ढुङ्गानाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णप्रसाद पन्त, सचिवमा बादलमान श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा शिल्पा तामाङ र सहसचिवमा महेन्द्र लामिछाने चयन भएका छन् ।

समितिका सदस्यहरुमा दामोदर बस्नेत, कैलाश श्रेष्ठ, सन्तोष श्रेष्ठ, प्रकाश गजुरेल, मदनमण्ी पोखरेल र विनोदकुमार तामाङ रहेका छन् । यस्तै सल्लाहकारमा श्रीराम श्रेष्ठलाई चयन गरिएको छ । यसअघि उक्त प्रथम अधिवेशनको युवा अगुवा तथा नुवाकोट आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उनले नुवाकोटमा सामाजिक भावनाका साथ गठित संस्थाले रक्तदातालाई प्रोत्साहन गर्नुपर्र्ने बताए । कार्यक्रममा ब्लड डोनर्स एशोसियसन नेपालका महासचिव मचाकाजी मर्हजन, बृद्धिजीवि परिषद नुवाकोटका अध्यक्ष मोतिराम न्यौपानेले नुवाकोटका जनताले सहज रुपमा रगत पाउने वातावरण व्लड डोनर्सले गराउने विश्वास व्यक्त गरे । ब्लड डोनर्स एशोसिएशन नेपालले तीन दशकदेखि निरन्तर रूपमा रगत आवश्यक पर्ने विरामीहरूलाई सहज रूपमा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।












































