हिंशा विरुद्ध सचेतना गर्दै सकियो अभियान

– अन्र्तक्रिया, द्विप प्रज्वलनसहित गरिए सामाजिक गतिविधि
लोकखबर
२०८२ मंसिर २४, बुधबार २३:११

बिदुर– हिंशा विरुद्ध सचेतना प्रदान गर्दै नुवाकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पनन भएको छ । कार्यक्रमअन्तर्गत सरोकारवालाले विभिन्न सचेतनामुलक कार्यक्रम प्रदान गरेका छन् ।

नुवाकोटको १२ वटै स्थानीय तह, महिलासंग आवद्ध विभिन्न संघसंस्था, महिला मानब अधिकार रक्षकहरूको जिल्ला संजाल नुवाकोट, सरकारी तथा गैह्र सरकारी कार्यालयले १६ दिनसम्म लैङ्गिक हिंसा विरुद्ध अन्र्तक्रिया, द्विप प्रज्वलन, सामाजिक गतिविधि, अतिरिक्त क्रियाकलाप गर्दै समपन्न गरेका हुन् । सवै क्षेत्रवाट हिंशा नियनत्रणका लागि सक्रियताको आवस्यकता रहेको निष्कर्श निकालिएको छ ।

कार्यक्रमअन्र्तगत त्रिशूली अस्पतालमा लैंगिक हिंसा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्यकर्मी, सरोकारवाला, सर्वसाधारणको कार्यक्रममा सहभागिता रहेको थियो ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन वुधवार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा अन्र्तक्रियात्मक सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नुवाकोट आदर्शको आयोजनामा अन्र्तक्रिया तथा द्विप प्रज्वलन गरिएको हो ।

“प्रविधिको सहि प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ “भन्ने नाराका साथ गत नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म नुवाकोटको १२ वटै स्थानीय तह तथा विभिन्न सरोकारवालाको सहभागितामा १६ दिने अभियान सम्पन्न भएको हो । यस अभियानले सभ्य र समतामूलक समाज निर्माण गर्ने संवैधानिक लक्ष्यलाई साकार पार्ने संकल्प लिएको थियो ।

 


सर्वाधिक रुचाइएको