कांग्रेसका २५ उम्मेदवार सिफारिस

– प्रवक्ता डा.महत एकल सिफारिसमा
लोकखबर
२०८२ मंसिर २५, बिहीबार २२:४५

बिदुर–  आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसको २ वटै क्षेत्रिय समितिले विभिन्न क्लष्टरका उम्मेदवार सिफारिस गरेको हो ।

कांग्रेसको क्षेत्रिय समितिले क्षेत्र नं. १ मा ११ र क्षेत्र नं. २ मा १४ सहित २५ जना उम्मेदवारको नाम सिफारिससहित जिल्ला समितिसमक्ष पेश गरेको छ । क्षेत्रिय समितिले क्षेत्र नं. १ बाट पुर्वमन्त्रि तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।

कांग्रेस नुवाकोटको क्षेत्र नं १ का सभापति ध्रुव श्रेष्ठको सभापतित्वमा सम्पन्न क्षेत्रिय समिति बैठकले डा. महतलाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो । उक्त समितिले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ कृष्णबहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतम तथा समानुपातिक महिलातर्फ भवानी देवकोटा र अन्जु आचार्य, समानुपातिक दलित महिलातर्फ कल्पना नेपाली, राष्ट्रिय सभा उम्मेदवारमा रामकृष्ण थापा ( खुल्ला) र भाग्यश्री लामालाई ( अपाङ्ग)तर्फ सिफारिस गरेको छ ।

उता, २ नं. क्षेत्रिय समितिले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बहादुरसिह लामातामाङ, जगदीश्वरनरसिंह केसी, ध्रुबप्रसाद अधिकारी, चोकराज शाक्य, बिन्दा आर्याल, श्री सापकोटा र नमराज पाण्डेलाई सिफारिस गरेको छ । क्षेत्रिय सभापवति जगतवहादुर तामाङको अध्यक्षतामा सम्पन्न वैठकले समानुपातिकतर्फ पुर्वमन्त्रि अर्जुननरसिंह केसी, जगतबहादुर तामाङ, गीता आमात्य, रुक्मिणी सेढाई तथा राष्ट्रिय सभातर्फ श्रीराम श्रेष्ठ, राजु थापा र राज्यलक्ष्मी पाण्डेश्रेष्ठलाई सिफारिस गरि पठाएको छ ।


सर्वाधिक रुचाइएको