पोर्चुगलमा नुवाकोटका युवकको मृत्यु

– शव नेपाल ल्याइदै
लोकखबर
२०८२ पुष १, मंगलवार २३:०१

बिदुर-रोजगारीको सिलसिलामा युरोपियन मुलुक पोर्चुगल पुगेको नुवाकोटको सामरीका युवकको मृत्यु भएको छ । युवकको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
म्यागङ गाउंपालिका ५ सामरी स्थायी घर भई विदुर नपा ४ विदुरमा वस्दै आएका ३० वर्षिय सुपेन्द्र डंगोलको पोर्चुगलमा गत मंसिर १६ गते मंगलवार आकस्मिक निधन भएको वडाध्यक्ष जीतवहादुर तामाङले जानकारी दिए । मृतक युवकको शव नेपाल लयाउने कार्य पुरा भएको छ ।

डेढ वर्ष अगाडि पोर्चुगल पुगेका स्वास्थ्यकर्मी सुपेन्द्र डंगोलको पोर्चुगलको लिसबन शहरमा अकल्पनिय निधन भएको वडाध्यक्ष तामाङले वताए । डंगोलको पार्थिव शरीर वुधवार वेलुकीमात्र नेपाल आइपुग्ने र पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।


सर्वाधिक रुचाइएको