विश्व ध्यान दिवस मनाइयो
– ध्यान, योगा तथा विभिन्न कार्यक्रम
बिदुर- विभिन्न कार्यक्रम गर्दै आइतवार नुवाकोटमा “विश्व ध्यान दिवस” मनाईएको छ । ध्यान, योगा, अन्र्तक्रिया गर्दै नुवाकोटको विदुरलगायतका स्थानमा ध्यान दिवस मनाइएको हो ।

विश्व ध्यान दिवसका अवसरमा आइतवार जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरीहरुलाई निःशुल्क ध्यान प्रशिक्षण शिविर गरिएको छ । गत सन् २१ दिसम्वर २०२४ मा युनाइटेड नेशनबाट उद्घोस गरिएको “विश्व ध्यान दिवस” को अवसरमा उक्त कार्यक्रम गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पतन्जली योग समिति नुवाकोटका तर्फवाट निःशुल्क ध्यान प्रशिक्षण शिविर सन्चालन गरिएको हो । जिल्ला प्रहरी कार्यालयको परिसरमा पतन्जली योग समिति नुवाकोटकी अध्यक्ष मेनुका श्रेष्ठद्वारा निःशुल्क ध्यान प्रशिक्षण गराएकी हुन् ।















































