आठसय लिटर घरेलु मदिरा नष्ट
– तीनवटा खाजाघरबाट जफत
बिदुर – नुवाकोटको विभिन्न तनि वटा खाजा पसलवाट प्रहरीले ठुलो परिमाणको घरेलु मदिरा जफत गरेको छ । जफत गरेको मदिरा नष्ट गरेको छ । बिदुर नगरपालिका ५ पिपलटारस्थित तीन वटा खाजा पसलवाट विशेष रुपमा खटिएको प्रहरी टोलीले आठसय लिटर घरेलु मदिरा जफत गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय तनिवटा खाजा पसलमा छापा मारी उक्त परिमाणको अवधै घरेलु मदिरा जिल्ला प्रहरी परिसरमा खालडो खनेर नष्ट गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान सन्चालन गरेको हो । चाडपर्वको समयमा मदिरा सेवन गरि कानून विपरितका कार्य नियन्त्रणका लागि प्रहरीले सक्रियता अपनाएको जनाइएको छ ।












































