त्रिशूली–ढुंगे आवतजावतमा एउटै झोलुंगे पुल

– ६० वर्ष अगाडिको अवस्थामा नुवाकोट, झोलुंगे पुलको विद्यिवत उद्घाटन
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन ३०, शुक्रबार २२:५६

बिदुर -ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको त्रिशूलीमा पश्चिमी भेग जोड्ने दुई वटा पक्कि पुल वगाएपछि झण्डै दुई महिनादेखि ठप्प रहेको आवागमन सुचारु भएको छ । अहिले त्रिशूली–ढुंगे जोड्न एक महिनामै वनाइएको झोलुंगे पुल एकमात्र आवतजावतमा विकल्प भएको छ । आवतजावत नहुंदा नुवाकोटको पुर्वी र त्रिशूली पारीको पश्चिमी भेगको सम्पर्क विच्छेद भएको थियो । जिल्ला अस्पताल त्रिशूली जानसमेत समस्या भएको थियो ।

गत भदौ १० गतेको प्रलयकारी बाढीले पक्कि पुल ध्वस्त पारेपछि निकै प्रतिक्षाको विषय वनेको ढुंगे र त्रिशूलीबजार जोड्ने झोलुंगे पुल निर्माण गरि आवतजावत सुचारु गरिएको छ । उक्त पुलको शुक्रवार विद्यिवत उद्घाटन गरिएको छ । यसवाट दैनिक हजारौं जनालाई सुविधा पुगेको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा बिदुर नगरपालिका १ ढुंगे र त्रिशूलीवजार जोड्ने झोलुङ्गे पुलको महासंघका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गरेका हुन् ।

वडादशैंमा उक्त पुल सञ्चालनमा आएपछि दैनिक हजारौं लाभान्वित भएको पाण्डेले वताए । उनले पुलमा थप संरचना निर्माण गरि यसलाई प्रभावकारी वनाउन आग्रह गरे । नुवाकोटको महत्वपूर्ण व्यापारिक केन्द्रहरु ढुंगे र त्रिशूलीबजार जोड्ने झोलुङ्गे पुल शुक्रवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । अध्यक्ष पाण्डेले एक महिनामै उक्त झोलुंगे पुल तयार गरी निर्माण व्यवसायीहरूले उदाहरणीय कार्य गरेको बताए ।

पुल निर्माणमा संलग्न प्राविधिक तथा मजदुरहरू धन्यवादको पात्र भएको बतांदै अध्यक्ष पाण्डेले प्रधानमन्त्री दैविकप्रकोप उद्धार कोषमा पनि देशभरका निर्माण व्यवसायीहरूबाट कुल १० करोड भन्दा बढी रकम जम्मा गरिएको जानकारी दिए । कर्मचारीतन्त्रले बाधा सिर्जना नगर्ने हो भने मुलुकका निर्माण व्यवसायीहरूले अझै उत्कृष्ट कामगर्न सक्ने अध्यक्ष पाण्डेले दावी गरे । राज्य विपतमा परेको समयमा महासंघले विगत देखि नै सबै किसिमको सहयोग गर्दै आएको उनले वताए । उक्त पुल २ सय ६७ मिटर लामो रहेको छ ।

उक्त स्थानमा रहेको पक्कि मोटरेवल पुल गत २०२३ सालमा निर्माण भएको थियो । त्रिशूली जलविद्युत गृह निर्माणका समयमा निर्मित र चार वर्ष अगाडि वनाइएको दुई वटा पक्कि मोटरेवल पुल बाढीले ध्वस्त पारेको थियो । उक्त स्थानमा ६० वर्ष अगाडिसमेत झोलुंगे पुल थियो । पक्कि पुल वन्नु भन्दा अगाडि सर्वसाधारण झोलुंगे पुलवाटै आवतजावत गर्ने गर्दथे । विनासकारी बाढीपछि नुवाकोटका निर्माण व्यवसायीहरूले आफन्त गुमाउँदाको ठूलो पीडालाई समेत शक्तिमा बदली अत्यन्त छोटो अवधिमै पुलनिर्माण गरेका कारण दैनिक हजारौं जना लाभान्वित भएको नुवाकोट निर्र्माण वयवसायी महासंघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिए ।

उनले अगाडि भने ‘यो पुल निर्माणपछि निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय कार्य गर्न सक्दैनन् भन्ने कुराको खण्डन भएको छ ।’ वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौ लाभान्वित हुने गरी पुलनिर्माण भएसँगै यसले समाजले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । पुल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलगायतले सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले अहिलेसम्मकै उत्कृष्ट एवं ऐतिहासिक काम गरेको जनाउंदै प्रशंसा गरे ।

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव शिवहरि घिमिरे, उपमहासचिव सन्तोष साह, कार्य समिति सदस्य सुरेन्द्रराज केसी, विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्का, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायतले विपदमा गरिएको यस प्रकारको कार्यले आमसर्वसाधारणलाई सुविधा पुगेको वताए । झोंलुंगे पुलको निर्माणसंंंगै आमसर्वसाधारण निकै खुसी भएका छन् । बिदुर नगरपालिका १ त्रिशूली र ढुंगे बजार जोड्न दैनिक रुपमा २० जना कामदारमार्फत झण्डै एक महिनादेखि झोंलुंगे पुल निर्माणको कार्य गरिएको थियो ।

उक्त स्थानमा झोंलुंगे पुल निर्माणको कार्य सकिएपछि आवतजावतमा सहजता आएको वडाध्यक्ष लेनिन रन्जितको भनाई छ । ढुंगे र त्रिशुली बजार जोड्ने त्रिशूली नदीमा वहुचचर्चित र वहुप्रतिक्षित वेलिव्रिजसमेत निर्माण भइरहेको छ भने त्यसको निर्माण कार्य तिहार अगाडि सकिने बिदुर नपा कार्यालयले जनाएको छ ।


सर्वाधिक रुचाइएको