बेलकोटगढीमा दोश्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद सुरु
बिदुर– विद्यार्थी खेलाडिहरुको पहिचान र खेल प्रवद्र्धनका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । महादेवफांटमा उक्त प्रतियोगिता सन्चालन भएको हो ।

बेलकोटगढी नपाको आयोजनामा महादेवफांटस्थित महादेव माविमा उक्त सुरु भएको हो । सन्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको कार्यक्रमकावीच बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले उद्घाटन गरे ।

उनले विद्यार्थीहरुलाई उत्कृष्ट खेल कौशल प्रदर्शन गर्न आग्रह गर्दै खेलकुदवाटै मानव जीवनमा सकारात्मक परिवर्तन हुने वताए । उद्घाटन कार्यक्रममा उपमेयर शिवप्रसाद दाहाल, विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका शिक्षक–शिक्षिका, खेलाडिहरु, विद्यार्थीहरू तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बेलकोटगढी नपाभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडिहरूको सहभागिता रहेको छ । उक्त प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको प्रवद्र्धन, विकास, अनुशासन, प्रतिस्पर्धा, रुचि र आपसी सद्भाव प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।



















































