पर्यटकिय स्थलमा नाटाङ वुद्धपार्क
बिदुर– नुवाकोटको उत्तरी भेगमा रहेको पर्यटकिय दुप्चेश्वरमा नाटाङ वुद्धपार्क निर्माण गरिएको छ । उक्त पार्कको उद्घाटन गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका ३ नाटाङमा नवनिर्मित नाटाङ बुद्धपार्कको पुर्व संस्कृति, पर्यटन तथा नागरिक उृड्ड्यनमन्त्रि हितवहादुर तामाङले उद्घाटन गरे । उनले नेपालको पहिचान मौलिक कला, संस्कृति तथा सम्पदामा रहेको वताए । उनले नेपालमा अव स्थानयि मौलिकतालाई पर्यटन प्रवद्र्धनको आधार वनाउनु पर्नेसमेत वताए ।

उक्त पार्क करिव ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कं निर्माणपछि प्रकृति र संस्कृतिप्रेमीहरुको लागि रमणीय मात्र होइन स्थानीय जनसमुदायको लागि विस्तारै रोजगार सिर्जना र समृद्धिको आधार बन्ने विश्वास गरिएको वागमति प्रदेश सभा सदस्य राधिका तामाङको भनाई छ ।

कार्यक्रममा दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले दुप्चेश्वर आफैंमा धार्मिक सम्पदाले भरिपुर्ण पर्यटकिय स्थल भएका कारण विभिन्न सम्पदाहरुको पुर्ननिर्माण तथा संरक्षण अधियानमा सक्रिय रहेको वताए । उनले धार्मिक पर्यटन वृद्धिको लक्ष्यसहित गापा अगाडि वढिरहेकोसमेत वताए ।

वागमति प्रदेश सरकारको ७४ लाख तथा दुप्चेश्वर गापाको एककरोड पांच लाख र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको एककरोड पांच लाख गरि दुई करोड १० लाख रुपैयाको लागतमा सो नाटाङ वुद्धपार्क निर्माण गरिएको हो । कार्यक्रममा दुप्चेश्वरकी उपाध्यक्ष माकुरी तामाङ, पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठकेसी, तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, अन्य जनप्रतिनिधि तथा सरोकारवालालगायतले पार्कलाई धार्मिक पर्यटकिय रुपमा विकास गरिनुपर्ने वताए ।

सोही कार्यक्रमका अवसरमा २८६२ औं मञ्जुश्री सम्बतको सोनाम ल्होछार अनुरुप( ताक ह्लो) पर्वकोसमेत उद्घाटन गरिएको थियो । दुप्चेश्वर तामाङ तथा शेर्पा समुदायको उल्लेख्य वसोवास भएको स्थान होे ।


















































