कभर्ड हलमा पिउने पानी

– खेलाडि तथा दर्शकहरुलाई सुविधा
लोकखबर
२०८२ माघ १५, बिहीबार १५:५३

बिदुर– नुवाकोटको वट्टार नागटारीस्थित तेक्वान्दो कभर्ड हलमा पिउने पानी ल्याइएको छ । विदुर नगरपालिका २ वट्टार नागटारीमा रहेको उक्त कभर्ड हलमा पिउने पानीको व्यवस्था गरिएको हो ।

लामो समयदेखि उक्त तेक्वान्दो कभर्ड हलमा पिउने पानीकोे असुविधा भएको कारण पाइपमार्फत पानी लगिएको नुवाकोट तेक्वान्दो संघका अध्यक्ष शरण तामाङले जानकारी दिए । यसवाट खेलाडि तथा दर्शकहरुलाई पिउने पानीको सुविधा भएको छ ।

संघका पदाधिकारी, खेलप्रेमी, खेलाडि तथा स्थानीयवासीले पाइपमार्फत कभर्डहलमा पानी ल्याइपु¥याएका हुन् ।


सर्वाधिक रुचाइएको