ज्येष्ठ कलाकारहरुको स्वास्थ्य उपचार

– निःशुल्क स्वास्थ्य परिक्षण सुरु
लोकखवर मनोरन्जन संवाददाता
२०८३ श्रावण १९, मंगलवार २३:४५

बिदुर – ज्येष्ठ कलाकर्मीहरुको स्वास्थ्य उपचार सुरु गरिएको छ । यसवाट लामो समय कला क्षेत्रमा विताएका ज्येष्ठ कलाकर्मीहरुलाई सुविधा पुगेको छ । नेपाल चलचित्र कलाकार संघ र नेपाल जेष्ठ नागरिक सेन्टर स्वयम्भु मनमोहन अस्पतालमा ज्येष्ठ कलाकर्मीहरुको स्वास्थ्य परिक्षण सुरु गरिएको हो ।

उक्त कार्यक्रम १५ दिनसम्म निःशुल्क ज्येष्ठ कलाकर्मीहरुको स्वास्थ्य परिक्षणको कार्यक्रम हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको शुभारम्भ चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले गरेका हुन् । ज्येष्ठ कलाकर्मीहरु कला तथा समाजकै अग्रज भएका कारण सुरु गरिएको यस कार्यक्रमले उनीहरुको स्वास्थ्य अवस्था र उपचारमा सहजता आउने वताए ।

ज्येष्ठ कलाकर्मीहरुको स्वास्थ्य परिक्षण शुभारम्भ कार्यक्रममा कार्यक्रम संयोजक रविन्द्र खड्का, फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, शर्मिला मल्ल, आरपी पन्त आयोजक कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल वैरागी, पुजना प्रधान, महासचिव सुनील कटुवाल, सचिव गोपाल ढकाल, सदस्य जीवन थापा, लव्लीसंगम राई, ईन्द्र लामातामाङ खम्वे, पुर्व सचिव रामेश्वर वुर्लाकोटी, कलाकारहरु बद्री पुडासैनी, दावाफिन्जो तामाड, राजु शाही, कमल मैनाली, जयन्त रेग्मी, सुनील पुरीलगायतले यस कार्यक्रमले ज्येष्ठ कलाकर्मीहरुको स्वास्थ्य सुरक्षामा प्रभावकारी सहयोग हुने वताए । सोही कार्यक्रममा मनमोहन अस्पताल स्वयम्भुका कार्यकारी निर्देशक डा. नस्थु सिलवालशर्मा, निर्देशक डा. मुजा श्रेष्ठ, डा. जगदीशकुमार क्षेत्री तथा सरोकारवालाहरुले स्वास्थ्य परिक्षण र उपचारको महत्वका बारेमा चर्चा गरेका थिए ।


सर्वाधिक रुचाइएको