गुनासो आएपछि बजारमा छड्के

– किराना पसल तथा ग्यांस डिपोहरुको अनुगमन
लोकखबर
२०८३ श्रावण २०, बुधबार ००:०२

बिदुर – बजारमा गुणस्तरहिन वस्तुको विक्रि वितरण भइरहेको गुनासो आएपछि नुवाकोटका विभिन्न वजारमा छड्के अनुगमन गरिएको छ । किराना पसल तथा ग्यास डिपोहरुको छड्के अनुगमन गरिएको हो । संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका २, ४ र ९ का विभिन्न बजारहरुमा रहेको किराना पसल तथा ग्यांस डिपोहरुको मंगलवार एकैपटक छड्के अनुगमन गरेको हो ।

सरोकारवालासहितको संयुक्त वजार अनुगमन टोलीले उद्योग तथा वाणिज्यतर्फका समेत विभिन्न पसलमा अनुगमन गरिएको उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा टोलीले बजारमा एलपि ग्यांसको अबस्था, मुल्यदरको अवस्था तथा मापदण्ड अनुसार पसल व्यवसाय सन्चालन गर्न निर्देशन दिएको छ । अनुगमनमा क्रममा उपभोक्तासंग सरोकार राखेका पसलमा मापदण्ड तथा गुणस्तरियताका सम्वन्धमा वजार अनुगमन गरिएको अनुगमनमा सहभागीहरुले वताए ।

अनुगमनमा दैनिक उपभोगय सामग्री तथा इन्धनको अवस्था, व्यवसाय दर्ता नवीकरण, मुल्यसूचि, गुणस्तरियता, लेवल, नापतौल, खाद्यवस्तु खरिद विल र विक्रि विलको निरीक्षण गरिएको प्रमुख घिमिरेले बताए । निरीक्षणको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिदै, पहिलो पटकलाई सुधार गर्न सुझाव दिइएको छ ।अनुगमनमा केहि व्यवसायीलाई आवस्यक कागजातसहित उद्योग वाणिज्य पर्यटन तथा कार्यालय विदुर, नुवाकोटमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सर्वसाधारणले भने औपचारिकता निभाउन मात्र वजार अनुगमन गर्ने गरेको गुनासो गर्दै महिनै पिच्छे यसलाई निरन्तरता दिन माग गरेका छन् । औपचारिकता निभाउन मात्र केहि महिनाको अन्तरमा वजार अनुगमन गर्ने गरिएको जनाउंदै उपभोक्ता तथा सर्वसाधारण आक्रोशित भएका छन् । अन्य वेलामा पनि वजार अनुगमन गर्नु पर्ने उपभोक्ताहरु वताउंछन् ।

अनुगमनका क्रममा बजारमा गुणस्तरिय, सर्वसुलभ बजार दर कायम गनुृका साथै अभाव सिर्जना नगर्न सचेत गराइएको कार्यालयले जनाएको छ । खाद्य वस्तुमा गुणस्तरियताको स्वस्थ्यताको विषयमा उपभोक्ताहरुले उजुरी तथा गुनासो गरिरहेका छन् ।


सर्वाधिक रुचाइएको