तेश्रो सुर्यगढी कप फुटवल सुरु
बिदुर– फुटवल खेलको विकास र गाउंका खेलाडिहरुको पहिचान गर्ने उद्धेश्यले नुवाकोटको सुर्यगढीमा तेस्रो सुर्यगढि कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । विभिन्न फुटवल क्लवहरुको प्रतियोगितामा सहभागिता रहेको छ ।

सुर्यगढी नवयुवा क्लवद्वारा सुर्यगढी ३ गैह्रीखर्क खेल मैदानमा सन्चालित प्रतियोगिताको सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तमान घलेले उद्घाटन गरे । उनले खेलकुदको विकासका लागि गापाले विभिन्न गतिविधिहरु गरिरहेकोसमेत वताए ।

फुटवल खेलको विकास र खेलाडि युवामा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिता यहि माघ २२ गतेसम्म सन्चालन हुने जनाइएको छ । प्रतियोगितामा विभिन्न १० युवा क्लवहरुले प्रतिस्र्धा गरिरहेका छन् ।

प्रतियोगिताले ग्रामीणस्तरमा खेल प्रतिभा पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको आयोजक सुर्यगढी नवयुवा क्लवले जनाएको छ ।













































