बिदुर र चतुरमाला फुटवलको फाइनलमा
बिदुर– फुटवल खेलको विकास र गाउंका खेलाडिहरुको पहिचान गर्ने उद्धेश्यले नुवाकोटको सुर्यगढीमा सन्चालित तेस्रो सुर्यगढि कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा विदुरसहित दुई टिम फाइनल चरणमा पुगेको छ । प्रतियोगितामा विभिन्न १० फुटवल क्लवहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगीताको सेमिफाइनल चरणबाट विजयी भई बिदुर–१२ युवा क्लब र चतुरमाला युवा क्लब फाइनलमा प्रवेश गरेको हो । आयोजक सुर्यगढी नव युवा क्लब र बिदुर–१२ युवा क्लबबीच भएको सेमिफाइनल खेलमा बिदुर–१२ युवा क्लबले शुन्यका विरुद्ध तीन गोल गरि फाइनलमा प्रवेश गरेको हो ।

दोश्रो सेमिफाइनल खेलमा चतुरमाला युवा क्लब र नुवाकोट युनाइटेड फुटबल क्लबवीचको खेलमा निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा चतरमालाले नुवाकोट युनाइटेडलाई पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल विहीवार बिदुर–१२ युवा क्लब र चतुरमाला युवा क्लब बीच उपाधिका लागि प्रतिस्पर्धा तय भएको छ ।

यसअघि, सुर्यगढी नवयुवा क्लवद्वारा सुर्यगढी ३ गैह्रीखर्क खेल मैदानमा सन्चालित प्रतियोगिताको सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तमान घलेले उद्घाटन गरेका थिए । प्रतियोगिताले ग्रामीणस्तरमा खेल प्रतिभा पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको आयोजक सुर्यगढी नवयुवा क्लवले जनाएको छ ।

प्रतियोगिताले ग्रामीणस्तरमा खेल प्रतिभा पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको आयोजक सुर्यगढी नवयुवा क्लवले जनाएको छ । गाउंमा फुटवल खेलाडिहरुको प्रवद्र्धन हुने लक्ष्य रहेको छ ।












































