बिदुरले जित्यो फुटवलको उपाधि

– नगद पुरस्कार जिते
लोकखवर खेल संवाददाता
२०८२ माघ २३, शुक्रबार १५:५७

बिदुर– फुटवल खेलको विकास र गाउंका खेलाडिहरुको पहिचान गर्ने उद्धेश्यले नुवाकोटको सुर्यगढीमा सन्चालित तेस्रो सुर्यगढि कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विदुर टिमले उपाधि जितेको छ ।

विजेता तथा उपविजेताले नगद पुरस्कार जितेका छन् । प्रतियोगितामा विभिन्न १० फुटवल क्लवहरुले सहभागिता जनाएका थिए । खेलकुदमार्फत युवा एकता, अनुशासन र सामाजिक सद्भावको प्रवद्र्धन गर्ने उद्देश्यसहित सन्चालित प्रतियोगीताको फाइनल खेलमा चतुरमाला युवा क्लब र विदुर–१२ युवा क्लबबीच आकर्षक, प्रतिस्पर्धात्मक र रोमाञ्चक प्रतिस्पर्धा भएको थियो ।

सूर्यगढी नव युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा विदुर–१२ युवा क्लबले चतुरमाला युवा क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । उपाधि बिजेता बिदुर १२ युवा क्लबले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयासहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पायो । उपबिजेता चतुरमाला युवा क्लबले एक लाख एक हजार एक सय ११ रुपैयासहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ ।

सुर्यगढी नवयुवा क्लवद्वारा सुर्यगढी ३ गैह्रीखर्क खेल मैदानमा सन्चालित प्रतियोगितामा अन्य बिद्यामा उत्कृष्ट खेलाडीतर्फ बिदुर १२ युवा क्लब राजाराम चित्रकार, उत्कृष्ट गोल रक्षकतर्फ चतुरमाला युवा क्लबका प्रतिस घले, सर्बाधिक गोलकर्तामा बिदुर–१२ युवा क्लबका रोमियो लामा, उदीयमान खेलाडीतर्फ सुर्यगढी नव युवा क्लबका देवकुमार तामाङ र अनुशासित टिममा नुवाकोट युनाइटेड फुटबल क्लबले पुरस्कार पाए ।

प््रतियोगिताका विजेता तथा उपविजेताहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले पुरस्कृत गरे । उनले खेलले मानव जीवनलाई सकारात्मक वनाउने वताए ।

यस प्रतियोगिताले ग्रामीण खेलाडिहरुको पहिचान, प्रवद्र्धन भएको आयोजक सुर्यगढी नवयुवा क्लवका अध्यक्ष राजु तामाङले जानकारी दिए । यसअघि, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तमान घलेले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उनले प्रतियोगिताले ग्रामीणस्तरमा खेल प्रतिभा पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको वताए । प्रतियोगिताले ग्रामीणस्तरमा खेल प्रतिभा पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने र गाउंमा फुटवल खेलाडिहरुको प्रवद्र्धन हुने उद्धेश्यसहित प्रतियोगिता सन्चालन गरिएको हो ।


सर्वाधिक रुचाइएको