उपचारमा सहयोगको याचना
बिदुर– नुवाकोटको विदुरमा वसोवास गर्दैै आइरहेका एक जना युवकको उपचारमा सहयोग गरिदिन परिवारजनले याचना गरेका छन् । उपचारका क्रममा आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक सहयोग गरेर जीवन वचाइदिन ति युवकका परिवारजनले सवैमा अपिल गरेका छन् । विदुर नगरपालिका २ विदुर वसोवास भएका छिमेकी रसुवाको कालिका गापा ४ भोर्लेका ४८ वर्षिय होमप्रसाद अधिकारीको उपचारमा सहयोग गर्न परिवारजनले सहयोगीहरुमा अनुनय गरेका छन् ।

नुवाकोटको बिदुर वसेर होटेल व्यवसाय गर्दैै आएका अधिकारी लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याका कारण उपचाररत रहेको र उपचार गर्दा आर्थिक अवस्थासमेत सकिएको उनका परिवारजनले जनाएका छन् । लामो समयसम्म अस्पतालमा उपचार गर्दा आर्थिक अवस्था कमजोर भएको र रोगको स्पष्ट पहिचान पनि हुन नसक्दा उपचारमै लाग्दा लाग्दै परिवारको सम्पत्ति नै सकिने अवस्था पुगेको पत्नी सावित्री अधिकारीको भनाई छ । पत्नी, दुई छोरी र एक छोराका पिता अधिकारी मात्रै सो परिवारमा कमाउने एकमात्र व्यक्ति भएको र उनी नै लामो समयदेखि विरामी हुंदा आर्थिक अवस्था कमजोर भएको पत्नी सावित्रीको चिन्ता छ ।

अधिकारी परिवारको उक्त कठिन परिस्थितिमा परिवारजनले सहयोगी दाता तथा मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूमा सकेको आर्थिक सहयोग गरि युवक अधिकारीको जीवन वचाइदिन भावुक हुदै अपिल गरेका छन् । केहि थोरै सहयोगका लागि उनीहरुले विरामी अधिकारीको एनआइएमवि वैंकमा रहेको खाता नं. २६८०५३९०२५०८२५ मा सकेको आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् । साथै विरामी होमप्रसाद अधिकारीको ९८६६४७९६३७ नम्वरमा सम्पर्क गर्नसमेत विरामी अधिकारी परिवारले सर्वसाधारमा अनुरोध गरेका छन् ।












































