क्षयरोग पहिचान अभियान
बिदुर – सर्वसाधारणको सुविधाका लागि नुवाकोटको बिदुर नगरपालिको विभिन्न स्थानमा क्षयरोग पहिचान अभियान सन्चालन गरिएको छ । यस कार्यक्रमवाट सदरमुकाम तथा अस्पताल जान नसक्नेहरुलाई सुविधा पुगेको छ । उक्त कार्यक्रम पछिल्लो पटक विदुर नपाको दुई स्थानमा एकैपटक गरिएको हो ।
विदुर नपा ४ स्थित बट्टार र विदुर ५ स्थित माझिटार सहरी स्वास्थ्य केन्द्रमा समुदाय स्तरमा क्षयरोग सम्वन्धि सक्रिय खोजपड्ताल कार्यक्रम सन्चालन गरिएको हो । यस प्रकारका कार्यक्रमलाई नपाको सवै समुदायस्तरमा विस्तार गरि जनताको स्वास्थ्य सेवाको पहुचमा वढोत्तरी गरि प्रभावकारीतालाई महत्व दिइने विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ । उनका अनुसार यसवाट समुदायका नागरिकलाई स्वास्थ्य सुरक्षाका साथै क्षयरोगको पहिचानमा मद्धत पुगेको छ ।

दुवै स्थानमा स्वास्थ्यकर्मीमार्फत कार्यक्रम गरिएको विदुर नपा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले वताए । उनका अनुसार दुई स्थानमा गरिएको कार्यक्रममा एकसय १८ जनाले लाभ लिएका छन् ।
सोही कार्यक्रम यसअघि, विदुर १ त्रिशूली, विदुर २ नुवाकोट दरवार क्षेत्रमा गरिसकिएको छ । समुदाय स्तरमा क्षयरोग सम्वन्धि सक्रिय खोजपड्ताल कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण गरिएको हो ।













































