चारहजार बढिको हवाई उद्धार
बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेकाहरुमध्ये चारहजार वढिलाई हवाई उद्धार गरिएको छ । बाढीपछि विपद उद्धारमा आठहजार वढि सेना परिचालन गरिएका छन् । नेपाली सेनाको हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म चारहजार २ सय ४२ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्धार गरिएकामध्ये तीनजहार नौसय ५९ जना नेपाली र दुईसय ८३ जना विदेशी नागरिक रहेको जमिनी खोज तथा उद्धार तथा राहततर्फ नुवाकोट र रसुवाको त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य अझै पनि जारी रहेको छ ।
दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री पुर्याउने कार्य भइरहेको छ । हालसम्म नुवाकोट र रसुवाका विभिन्न स्थानमा ३६ हजार तनिसय १७ किलोग्राम राहत तथा अत्यावश्यक सामग्री ड्रोनबाट ढुवानी गरिसकिएको नेपाली सेनाले जनाएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवनका प्रभावित क्षेत्रसम्म ८ हजार २ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा खटिएका छन् । खोज तथा उद्धार, शव व्यवस्थापन, राहत ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा सेना परिचालन भइरहेको सेनाका प्रवक्ता राजाराम वस्नेतले जानकारी दिएका छन् । स्वास्थ्य सेवातर्फ नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल कार्यबाट हालसम्म उक्त सेवा चारहजार ४१ जनाले स्वास्थ्य सेवा लिइसकेका छन ।












































