लिखुले जित्यो १५ औं राष्ट्रपति रनिङशिल्डको उपाधि
बिदुर – खेलकुद क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटमा सन्चालित जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेताहरुलाई मंगलवार पुरस्कृत गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा तीनदिनसम्म सन्चालित उक्त प्रतियोगितामा नुवाकोटका विभिन्न स्थानीय तहका पांचसय जना खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको सवै विद्याको फाइनल स्पर्धामा सर्वाधिक २२ स्वर्ण पदक जितेर लिखु गाउंपालिका नुवाकोट जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको विजेता वनेको छ ।

सो प्रतियोगितामा बिदुरले १४ स्वर्ण पदक जितेर उपविजेता तथा म्यागङले सात स्वणृ पदक जितेर तृतीय स्थान जितेको छ । प्रतियोगिताको समापन गर्दै बिदुर नपाका मेयर राजन श्रेष्ठले उपाधि विजेता लिखु गापालाई रानिङ शिल्ड, मेडल, ट्रफी तथा प्रमाण पत्र पुरस्कार प्रदान गरे ।

उनले खेलकुदले आम मानिसको सकारात्मक विकास गराउने भएका कारण यसवाट खेलाडिहरुले आफ्नो प्रतिभा प्रष्फुटन गर्ने अवसरसमेत पाएको वताए ।प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कवड्डी, तेक्वान्दो, करातेलगायतका खेलमा प्रतिस्पार्ध गराइएको थियो ।

प्रतियोगिता समापन कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटी, विभिन्न स्थानीयतहका जनप्रतिनिधिहरु, विभिन्न बिद्याको प्रतिस्पर्धामा सहभागी खेलाडी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । प्रतियोगिता कुल ५० स्वर्ण, ५० रजत र ५० कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।














































