मुस्लिम समुदाय सम्वन्धि अन्र्तक्रिया
बिदुर – समुदायको सशक्तिकरण जोड दिदै नुवाकोटको बिदुरमा यस समवन्धि अन्र्तत्रmिया गरिएको छ । मुस्लिम आयोगले ‘मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालाहरूसँग अन्र्तक्रिया कार्यक्रम’ गरेको हो । कार्यक्रम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायको सशक्तीकरणका लागि सहकार्य आवश्यक रहेको वताए ।

अध्यक्ष अलीले मुस्लिम समुदायको हकहित, अधिकार संरक्षण, शिक्षा, रोजगारी तथा सामाजिक सहभागिता अभिवृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले मुस्लिम समुदायको जागरणका लागि तीनै तहको सरकारले विशेष कार्य गरिरहेको वताए । शिक्षा, रोजगारी तथा स्वास्थयमासमेत सो समुदाय समावेशी रुपमा समावेश भइरहेको उनले वताए ।

सोही कार्यक्रममा बिदुर नपाका मेयर राजन श्रेष्ठले विदुर नपाले मुस्लिम समुदायको लागी शैक्षिक सुधार, धार्मिक एंव परम्पररागत सँस्कार, रोजगारको अवसर, सिप विकास, शसक्तिकरणलगायतको सेवा प्रदान गरिरहेको वताए । उनले बिदुर नपाको नीति तथा कार्यक्रममा समावेश गरिएका लक्ष्य अनुसार थप आवश्यक सहयोगको पनि प्रतिबद्धता जनाए । कार्यक्रममा मुस्लिम आयोगका सदस्य मिर्जाअरशद वेग, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विदुर नपाकी उपमेयर प्रभा बोगटीसहित सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधिहरु, विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलसहित वडाध्यक्षहरु, मुस्लिम समुदायका अगुवा प्रतिनिधिहरुको हरुलगायतको सहभागिता रहेको थियो ।

यसैवीच, तथ्याङ्क समन्वय कार्यालय काठमाडौको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरिएको ’विदुर नगरपालिकाको वस्तुगत विवरण–२०८२’ विदुर नपालाई हस्तान्तरण गरेको छ । कार्यक्रमका बीच विदुर नपाका मेयर राजन श्रेष्ठलाई वस्तुगत विवरण प्रदान गरिएको हो । उक्त अवसरमा तथ्याङ्क समन्वय कार्यालय काठमाडौँका प्रमुख एंव प्रतिनिधिसहित विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, विभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।




















































