बाढी पीडित वृद्धवृद्धालाई सहयोगी नहुंदा सास्ती

पुर्नस्थापनाको माग
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक १३, बिहीबार २२:११

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा तहसनहस पारेको  छ । बाढीले देवीघाटको वृद्धाश्रममा क्षति पु¥याएको छ । प्रलयकारी बाढीले बिदुर नगरपालिका ५ स्थित प्रसिद्ध देवीघाटमा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको आश्रित केन्द्र क्षति गरेको छ । उक्त केन्द्रमा १६ जना वृद्धासहित ३५ जना वृद्धवृद्धा वसोवास गर्दै आइरहेका थिए ।

सोही वृद्धाश्रममा आश्रित रहेका ७५ वर्षिय पोष्टवहादुर प्याकुरेल, ७३ वर्षिया पदमकुमारी प्याकुरेल, ९६ वर्षिया गुणमाया बोहरा, ६५ वर्षिय कृष्णप्रसाद पुडासैनी, ८५ वर्षिया गोमाकुमारी पुडासैनी, ७६ वर्षिय पुतली तामाङ, ६० वर्षिय विनोद सापकोटा, ७८ वर्षिय पासाङतेम्वा शेर्पालाई बाढीको छालले वगायो । एकसय मिटर पर पु¥याएपछि उनीहरुलाई उद्धार गरिएको हो । आश्रित भइरहेका वृद्ध प्याकुरेल उक्त दिनलाई कहालीलाग्दो रुपमा वर्णन गर्छन् । हलसहितको भान्छाकोठामा कुर्सीमा वसिरहेका वेला बाढीले लपेटेर वाहिर पु¥यायो, वुढेसकालमा अर्को जुनी पाएं भन्छन् ।

वृद्ध प्याकुरेल आफ्नो जीवनमा नसोचेको घटना भएको स्मरण गर्छन् । आफ्नो जीवनमा यस्तो प्रलय कहिले पनि नदेखेको उनी वताउछन् । वृद्धा पदमकुमारी प्याकुरेल भदौ १० गते वुधवार विहान १० वजेको घटनालाई सम्झन पनि चाहन्न् । सवै जना वसिरहेका थियौं, निस्कन सक्ने निस्किए, हामीलाई बाढीले लपेट्यो–भन्छिन् । उक्त मन्दिरमा हाल उनीसहित १६ जना आश्रित रहेका छन् । बाढीमा परि उक्त वृद्धाश्रममा आश्रित सुर्यगढी गापा स्थायी घर भएका ७७ वर्षिय रामकृष्ण तामाङको मृत्यु भएको छ । बाढीमा परि ८८ वर्षिया भद्रमाया न्यौपाने, ८६ वर्षिय वलराम भट्टराई, ७७ वर्षिया दुर्गा भट्टराई, ६९ वर्षिय लीला श्रेष्ठ र ८३ वर्षिय लोकवहादुर पुडासैनी वेपत्ता रहेका छन् ।

बाढीले प्रतिष्ठानको आश्रित केन्द्रमा क्षति गरि त्यहां रहेका वृद्धवृद्धालाई पुरेको थियो । त्यहां आश्रित रहेका एक जनाको शव फेला पर्नुका साथै पांच जना अझै वेपत्ता रहेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार वृद्धाश्रममा रहेकी वृद्दा गुणमाया वोहराको वीर अस्पतालमा उपचार भइरहेको छ । वृद्धाश्रममा रहेका सात जनालाई काठमाडौं म्हैपीको केयर होममा राखिएको छ ।  उनीहरुलाई सहयोगीको आवस्यकता रहेको छ ।

उनीहरु कतिपयलाई नित्यकर्म, सरसफाई तथा शौचालय जानसमेत सहयोगीको आवस्यकता पर्दछ ।  उनीहरुलाई पुर्नस्थापनाको कार्य सुरु गरिएको प्रतिष्ठानका सहसचिव मोतीराम न्यौपानेले वताए । उनीहरुलाई लामिवगैचा नजिकै राख्न  सुरु गरिएको न्यौपानेको छ । देवीघाट वृद्धाश्रमको भुइतल्ला बाढीले क्षतिग्रस्त वनाएको हो ।
बिदुर नपा ५ बाणाचौतारोमा स्थापित बाढी पीडित आश्रय केन्द्रमा रहेका वृद्धवृद्धाहरु समस्या पर्न थालेको वताउंछन् ।

नुवाकोटसंगै जोडिएको रसुवाको उत्तरगयाको खाल्टेमा वसोवास गर्दै आइरहेका उनीहरु विस्थापित भई तीन सातादेखि उक्त स्थानमा वाृवास गर्दै आइरहेका छन् । ७५ वर्षिया निमाछोदिङ तामाङ, ६५ वर्षिया छेसाङ तामाङ र ७२ वर्षिया गीता तामाङलाई चिसोले समात्ला भन्ने सिचन्ता लागेको छ । स्वास्थ्यकर्मीहरु त आउंछन् । तर, पनि आफ्नो मनले स्वास्थ्यको चिन्ता मानिरहेको उनीहरु वताउंछन् । स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको होल्डिङ सेन्टरको फोहोर दैनिक संकलन गर्ने कार्य भइरहेको छ ।

विदुर नगरपालिका क्षेत्रभित्र रहेका होल्डिङ सेन्टरको फोहोर दिनहुँ संकलन भइरहेको छ । सरकारी तथा निजी घरबाट फोहोर संकलनका लागि बारअनुसारको समय तालिका अनुसार फोहर संकलन भइरहेको छ । सम्बन्धित सबैलाई तोकिएको बार र समयमा मात्र फोहोर बाहिर निकाल्न अनुरोध गरिएको र फोहोर व्यवस्थापनमा सबैको साथ र सहकार्य आवश्यक रहेको बिदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ । बाढीबाट प्रभावित भएर विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरुलाई प्रभावितको इच्छा बमोजिम अस्थायी बसोबासको व्यवस्था  गरिएको छ ।

आपतकालीन अवस्थामा नुवाकोटका विभिन्न स्थानमा प्रभावितहरूका लागि ३१ बटासम्म होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो ।  बाढी प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवङ्गत वा बेपत्ता सदस्यको सङ्ख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्ने बाढी पीडितहरुको तथ्यांक संकलन कार्य भइरहेको छ ।

उनीहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुने बताइएको छ । बाढी पीडित प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै प्रदेश र संघीय सरकारले पुर्नस्थापनाको योजना कार्यान्वयन गर्ने स्थानीय सरकारको अपेक्षा छ ।


सर्वाधिक रुचाइएको