बाढी पीडितहरुलाई स्थायी बासस्थान र नियमित औषधिको चिन्ता

११ वर्ष अगाडि भुकम्पले लखेट्यो अहिले बाढीले दपेट्यो, टेण्ट भन्दा टहरोको माग
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक १३, बिहीबार २२:२७

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेकाहरुको लागि नुवाकोटको विभिन्न स्थानमा अस्थायी क्याम्प खडा  गरिएको छ । विभिन्न स्थानमा आश्रित केन्द्रहरुसमेत रहेका छन् ।  गत भदौ १० गते वुधवार विहान १० वजे आएको प्रलयकारी बाढीले थातथलो वगाएर घरवार विहीन भएकाहरु नुुवाकोटमा यतिखेर दुई प्रकारको आश्रयस्थलमा वसिरहेका छन् । एक थरि बिदुर नगरपालिका ५ को विभिन्न स्थानमा टेण्ट गाडेर अस्थायी आश्रयस्थलका रुपमा र अर्काे विभिन्न आठ स्थानमा सन्चालित अस्थायी आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरमा वसोवास गरिरहेका छन् ।

बेलकोटगढी नगरपालिकाको तीन र बिदुर नगरपालिकाको पांच स्थानमासमेत गरि ९१ म्हिलासहित एकसय ८३ जना अस्थायी आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरमा वसोवास गरिरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अधिकृत रुपेशप्रसाद नेपालका अनुसार अस्थायी आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरमा वसोवास गरिरहेकाहरुको स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य परिक्षण गर्ने कार्य भइरहेको छ ।  उता, बिदुर नपा ५ को विभिन्न पांच स्थानमा बाढीवाट विस्थापित भएकाहरुलाई टेण्ट गाडेर अस्थायी रुपमा वसोवास गराइएको छ ।

बाढी पीडितहरुमध्ये  वाणाचौतारामा एकसय ३२,  पोष्टवहादुर पार्कमा ४५, रक्तकालीमा ७५, ठुलोगाउमा ३७ र चन्द्रज्योति मावि नजिकै लामिवगैचामा २५ वटा टेण्ट राखिएको स्थानीय स्वंसेवी दीपेन्द्र पौडेलले वताए । उनका अनुसार ति टेण्टहरुमा दुई सय ५० बालवालिकासहित ६ सय जना वसोवास गरिरहेका छन् । ंविभिन्न स्थानमा टेण्ट गाडेर अस्थायी आश्रयस्थलका रुपमा वसोवास गर्नेहरुमा ४० जना वृद्धवृद्धाहरु रहेका छन् । उनीहरुलाई विभिन्न निकायले स्वास्थ्य परिक्षण गर्दै आएका छन् ।

हातमा औषधि लिएर वसेका ७२ वर्षिय वीरवल तामाङ दमका विरामी हुन् । उनले पटक/पटक स्वास्थ्य परिक्षण गराइसकेका छन् ।  पांच वर्षदेखि उनले नियमित औषधि सेवन गर्दै आइरहेका छन् । अहिले नियमित रुपमा औषधि पाइरहेको छु, पछि के होला? भनेर अहिलेदेखि नै चिन्तामा उनी छन् ।  यद्यपि, आफ्नो उत्तरगया गाउंपालिका तथा सरोकारवाला निकायले उनको औषधिको निरन्तरता हुने जनाएका छन् । उनीसहित उनका छोरावुहारी, नातीनातिना गरि सात जना वस्दै आएका छन् ।
एउटै टेण्टमा सात जना वस्नु कि सामान राख्नु? समस्या रहेको वृद्ध वीरवलको गुनासो छ  । उनीहरुले पाए कोठा, नभए पनि अस्थायी टहरो भए पनि सहज हुने वताउंछन् ।  भुकम्प र बाढीले पीडा त दियो नै, अव वांकी जीवन सहज रुपमा वांच्न पाउनुपर्ने  उनीहरुको माग रहेको छ । बाढी आएको दिन भदौ १० गते वृद्ध तामाङसहित उनका परिवार आधा घण्टा उकालो भागेर ज्यान जोगाउन सफल भएका हुन् ।
बिनासकारी भुकम्पले गत २०७२ साल वैशाख १२ गते रसुवाको हाकुको तिरुवाट विस्थापित भई उनीसहित दुईसय घरधुरी उत्तरगया गापा १ खाल्टेमा आएर अस्थायी रुपमा वसोवास गर्दै आइरहेका थिए । भुकम्पले पनि लखेट्यो, ११ वर्षपछि आएर बाढीले पनि खेद्यो–उनकी वुहारी बीरमाया तामाङ गुनासो गर्छिन् ।  उनीहरु वसोवास गर्दै आएको खाल्टेका धेरै मान्छे वगाउनुका साथै सयौं घरवार विहनि भएको वृद्ध तामाङ वताउंछन् । टेण्टभन्दा कोठामा वस्न पाए सहज हुने उनी वताउंछन् ।
उनले आफ्नो छिमेकीको आठ जना परिवारमा एक जना र पांच जनामा एउटा वच्चा मात्रै वाचेको सुनाउंछन् । पानी ट्याङरले ओसारेर पानी खसालिरहेको वृद्ध सुनाउंछन् ।  पांनीसहितको पांचवटा धारो भए सहज हुने वाणाचौतारोमा वसोवास गरिरहेकाहरु वताउंछन् । औषधिको नियमितता र कोठाको चिन्तामा बाढी पीडितहरु रहेका छन् ।
कोठा पाए, वालवच्चालाई राख्न सजिलो हुने उनीहरु वताउंछन् । टेण्टमा राख्दा विरामी हुने र चिसो मौसम  लागेकाले विभिन्न समस्या आउन सक्ने बाढी पीडितहरु वताउंछन् ।  वीरवलजस्तै अर्का बाढी पीडित ७० वर्षिय वीरमान तामाङ पनि दमको विरामी हुन् । उनले पनि अहिले नियमित अक्सिजन नै लगाइरहेका छन् ।
उनीहरुलाई अस्थायी क्याम्पमै पुगेर जिल्ला जनस्वास्थ्य कायाृलय, रेडक्रस तथा सुरक्षाकर्मीका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्दै आएको पिपलटारका युवा सामाजिक अगुवा हरिशरण गजुरेल वताउंछन् । बाढी पीडितहरुलाई अस्थाय िभन्दा पनि स्थाय िरुपमा पुर्नवासको योजनामा तीनै तहको सरकारले क्रियाशीलता अपनाउनु पनेृ उनी वताउंछन् ।


सर्वाधिक रुचाइएको