छहरे–टोखा सडकमार्गमा रातीमात्र ट्रिपर सन्चालन

दिउंसो १२ घण्टा सन्चालन गर्न वन्द
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख १८, शुक्रबार ००:०३

बिदुर – नुवाकोटबाट काठमाडौं प्रवेशका लागि छोटो दुरीको छहरे–टोखा सडकखण्डमा दिउंसोको समयमा ट्रिपर सन्चालनमा रोक लगाइएको छ । जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले रातीको समयमा १२ घण्टा ट्रिपर सन्चालन गर्न पाउने निर्णय गरेको हो । छहरे–टोखा सडकखण्ड साँघुरो हुनुका साथै दुर्घटना वृद्धि भएको र जनगुनासो बढ्दै गएको कारण राती सात वजेदेखि विहान सात वजेसम्म मात्र ट्रिपर सन्चालन गर्न पाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटना तथा असुरक्षित यात्रा नियन्त्रणका लागि उक्त निर्णय गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । समितिको विहीवार विदुरमा वसेको वैठकले छहरे–टोखा सडकमार्गको छहरे–गुर्जे–शिवपुरी र शेरावगरवाट गुर्जे हुदै काठमाडौ जाने् ट्रिपर राती १२ घण्टा मात्र सन्चालन गर्न पाउने निर्णय गरिएको हो ।

यस निर्णयले ट्रिपर सञ्चालन समय निर्धारण गर्दै नुवाकोटवाट काठमाडौं जाने र आउने मालवाहक ट्रिपरलाई प्रत्येक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ । यसवाट दुर्घटनाको जोखिम र सवारी साधनको चाप न्युनीकरणमा मद्धत पुगेको उनले वताए । नुवाकोटको गंगटेवाट छहरे–गुर्जे–माछापोखरी सडकको दुरी ५० किलोमिटर रहेको छ ।


सर्वाधिक रुचाइएको