विभिन्न स्थानमा २५७० औं वुद्ध जयन्ती

– विभिन्न स्थानमा कार्यक्रम गरिए
लोकखबर
२०८३ बैशाख १८, शुक्रबार २३:२१

बिदुर – विभिन्न कार्यक्रम गरि नुवाकोटमा २५७० औँ बुद्ध जयन्ती मनाइएको छ । विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाइएको हो ।

बुद्ध जयन्तीका अवसरमा विभिन्न स्थानमा आयोजित कार्यक्रममा सांस्कृतिक ¥याली, विशेष पूजा र ध्यानसहित यस वर्षको बुद्ध जयन्ती मनाइएको हो । नुवाकोटमा विभिन्न संघ संस्थाहरुले समेत बुद्धजयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शाक्यमुनि गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनमा बुद्धजयन्ती मनाउने गरिन्छ । २५७० औं बुद्ध जयन्तीको अवसरमा नुवाकोटको बिदुर नपा, म्यागङ, किस्पाङ, दुप्चेश्वर, ककनी गापालगायतका विभिन्न स्थानमा श्रद्धापूर्वक कार्यक्रम सम्पन्न भएको छ ।

बुद्ध जयन्तीका अवसरमा बुद्धका शान्ति, करुणा र अहिंसाका सन्देशलाई आत्मसात गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू गरिएका थिए । कार्यक्रममा स्थानीय बासिन्दा, धर्मगुरु तथा अतिथिहरूको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको