दुई स्थानीय तहमा कार्यक्रम सन्चालन

– स्थानीय तह र योजनावीच सहकार्य
लोकखबर
२०८३ बैशाख १९, शनिबार २३:५४

बिदुर – स्थानीय तह र कार्यक्रम योजनावीच नुवाकोटको दुई पालिकामा कार्यक्रम सन्चालन गरिएको छ । पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकामा प्रभाव परियोजना सन्चालन भएको हो । पञ्चकन्या र दुप्चेश्वर गापाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपालको प्राविधिक र आर्थिक सहयोग तथा रुडेक नेपालको आयोजनामा प्रभाव परियोजनाको शुभारम्भ गरिएको हो ।

रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको अध्यक्षता, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीको प्रमुख आतिथ्यताता उक्त कार्यक्रमको सुरुवात भएको हो । कार्यक्रममा पञ्चकन्या गापाका अध्यक्ष तेजबहादुर तामाङ रमेश र दुप्चेश्वर गापाका अध्यक्ष शंकरबहादुर थापाको विशेष आतिथ्यता तथा पञ्चकन्या गापाकी उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, पञ्चकन्या गापाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गुड नेवर्स ईन्टरनेशनल नेपाल तथा रुडेक नेपालका कार्यक्रम संयोजक तथा प्रतिनिधिहरु, दुवै गापाका शाखाप्रमुख तथा कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, सहकारीका प्रतिनिधिहरु  एवं किसानहरुको सहभागितामा कार्यक्रमको सुरुवात भएको हो ।

उक्त कार्यक्रमले दुवै गाउँपालिकाबीच विकास सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको भनाई छ । उनका अनुसार सन्चालित प्रभाव परियोजना मार्फत स्थानीय विकास, शिक्षा, कृषि तथा समुदाय सशक्तीकरणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ ।


सर्वाधिक रुचाइएको