पुर्व जिविस उपसभापति गुरुङको निधन

– लामो समयदेखि दीर्घकालीन स्वास्थ्य समस्यावाट पीडित थिए
लोकखबर
२०८३ बैशाख २१, सोमबार ००:५५

बिदुर – नुवाकोटको वेतिनी स्थायी घर भएका पुर्व जिल्ला विकास समितिका उपसभापति कृष्णवहादुर गुरुङको निधन भएको छ । उनी लामो समयदेखि दीर्घकालीन स्वास्थ्य समस्यावाट ग्रसित भए ।

दुप्चेश्वर गाउँपालिका ४ बेतिनी घर भएका ७५ वर्षिय कृष्णबहादुर गुरुङको निधन भएको परिवारजनले जनाएका छन् । उनी दुई दशक अगाडि जिविस नुवाकोटको उपसभापति भएका थिए ।

पछिल्लो समय उनी काठमाडौमा वसोवास गर्दै आएका थिए । पक्षघातलगायतको समस्यामा रहेका उनको आइतवार निधन भएको पारिवारिक निकटवर्तीलाई उद्यृत गर्दै राप्रपाका सहायक महामन्त्रि झनकवहादुर प्याकुरेलले वताए ।


सर्वाधिक रुचाइएको