नागरिकलाई वीमाप्रति जागरुक गराइने प्रतिवद्धता

– वीमाको प्रभावकारिता सम्वन्धि अन्र्तक्रिया
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ ४, सोमबार २३:२९

बिदुर– नागरिकलाई बीमाप्रति जागरूक गराउने उद्धेश्यले नेपाल विमा प्राधिकरणले विमाको प्रभावकारिताका सम्वन्धमा नुवाकोटमा स्थानीय सरकार र सरोकारवाला निकायसंग अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा वीमाको प्रभावकारिताका सम्वन्धमा चर्चा गरिएको छ ।

विदुर नगरपालिकाको समन्वयमा सोमवार विदुरमा नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललीतपुरको आयोजना तथा “स्थानीय सरकार (विदुर नगरपालिका) सँग बीमा विषयक अन्र्तक्रिया तथा छलफल कार्यक्रम” गरिएको हो । कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठले वीमाको प्रभावकारिता आम नागरिको पहुंचमा पुग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु, सरोकारवालालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालमा बीमाको पहुँच विस्तार गर्दै आम नागरिकलाई बीमाप्रति जागरूक गराउने, विपद् व्यवस्थापनको क्षेत्रमा बीमाको उपयोग बढाउने तथा स्थानीय सरकारसँग समन्वय गरी बीमाको दायरा विस्तार गर्ने विषयमा विस्तृत अन्र्तक्रिया गरिएको हो ।

यसका साथै, स्थानीय तहबाट प्रवाह हुने सेवामा न्यून लागतमा जोखिम व्यवस्थापन गर्न बीमाको प्रभावकारी प्रयोगका विषयमा समेत जानकारी दिइएको थियो । यसको प्रभावकारिताका लागि सक्रियता अपनाइनेमा सहभागीहरुले जोड दिएका छन् ।


सर्वाधिक रुचाइएको