अपांगता भएकाहरुको पुर्नउत्थान कार्यक्रम

– कपडा तथा खाद्यान्न हस्तान्तरण
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ ४, सोमबार २३:५९

बिदुर– नुवाकोटको बिदुर नगरपालिका ६ मा अपांगता भएकाहरुका लागि पुर्नउत्थान कार्यक्रम सन्चालन गरिएको छ । उनीहरुलाई कपडा तथा खाद्यान्न प्रदान गरिएको छ ।

बिदुर नपा ६ ले अपांगता पुर्नउत्थान कार्यक्रम अन्र्तगत अपाङ्गता भएका व्यक्तिहरूलाई कपडा तथा खाद्यान्न वितरण गरेको हो । उक्त कार्यक्रममा वडा क्षेत्रभित्र रहेका अपाङ्गता भएका ३५ जना व्यक्तिहरूलाई कपडा तथा खाद्यान्न हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष श्यामकृष्ण चालिसे, वडा सदस्य रामचन्द्र पौडेललगायतले अपांगता भएका व्यक्तिहरुलाई कपडा तथा चामल हस्तान्तरण गरेका हुन् । अपांगता भएका व्यक्तिहरुको पुर्नउत्थानका लागि उक्र सहयोग गरिएको वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए ।

उनका अनुसार यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूमा आत्मबल वृद्धि, हौसला तथा सामाजिक सम्मान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ । सहयोगलाई निरन्तरता दिइने बिदुर ६ वडा कार्यालयले जनाएको छ ।


सर्वाधिक रुचाइएको