तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

– एकिकृत सामुदायिक विकास कार्यक्रम
लोकखवर शिक्षा संवाददाता
२०८३ जेष्ठ ४, सोमबार २३:४८

बिदुर– नुवाकोटको पन्चकन्या गाउंपालिकामा सन्चालित एकिकृत सामुदायिक विकास कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनका लागि उत्साहित भएका छन् ।

एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालित “होम कर्नर सहयोग” कार्यक्रममार्फत पन्चकन्या गापाको सप्तकन्या आधारभूत बिद्यालय, देवकीधरम आधारभूत बिद्यालय र पन्चकन्या माविका ७० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकालाई घरमै अध्ययनका लागि उपयुक्त वातावरण सिर्जना गर्न पढ्ने टेबल, पुस्तक राख्ने ¥याक, कुशन र किताबलगायत आवश्यक शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

उनका अनुसार एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत होम कर्नरको उद्देश्य बालबालिकाहरूमा नियमित पठन संस्कृतिको विकास गर्नु, एकाग्रता अभिवृद्धि गर्नु तथा परिवारभित्र सकारात्मक सिकाइ वातावरण प्रवद्र्धन गर्नु रहेको वताए । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको व्यवस्थापनमा सन्चालित यस कार्यक्रमवाट व्यवस्थित, सहज तथा आरामदायी अध्ययन स्थान उपलब्ध गराएर बालबालिकाको शैक्षिक उपलब्धिमा सुधार ल्याउनुका साथै उनीहरूको समग्र व्यक्तिगत विकासमा सहयोग पु¥याउने लक्ष्य रहेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको