विभिन्न ३७ कार्यक्रम गरि सकियो ट्राफिक सप्ताह

– १० महिनामा ९७ दुर्घटना
लोकखबर
२०८३ जेष्ठ ४, सोमबार २३:४२

बिदुर– बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा जोड दिदै नुवाकोटमा सञ्चालन गरिएको ’ट्राफिक सप्ताह–२०८३’ विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय नुवाकोटले विभिन्न ३७ वटा कार्यक्रम गरि उक्त सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो । नुवाकोटमा सवारी नियम, विशेष गरि स्वास्थ्य तथा ट्राफिक नियम सचेतनाका कार्यक्रमलाई प्रमुखता दिने कार्य गरिएको थियो ।

ट्राफिक सप्ताह अन्र्तगत जनचेतना, जागरण, लागू पदार्थ सेवन (लापसे) परिक्षण तथा सवारी दुर्घटना न्यूनीकरणलाई लक्ष्यित गर्दै विशेष स्वास्थ्य परीक्षणलगायतका ३७ वटा कार्यक्रम गर्दै ट्राफिक सप्ताह सकिएको हो । कार्यक्रमको सोमवार बिदुरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेगमीले समापन गरे । उनले सवारी नियम पालना गर्नु चालकको कर्तवय भएको र गन्तव्यसम्म यात्रुहलाई सुरक्षित पु¥याउनु दायितवसमेत भएको वताए ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीले वढ्दो दुर्घटना न्युनकीरणका लागि सन्चालित यस प्रकारका कार्यक्रम निकै महत्वपुर्ण रहेको वताए । सवारी तथा चालकलाई दुर्घटना न्युनीकरणका कार्यक्रम प्रदान गरिएको उनले वताए । सोही कार्यक्रममा चालु आर्थिक वर्षको १० महिनामा भएका सवारी दुर्घटना तथा ट्राफिक नियम सम्वन्धि जानकारी प्रदान गरिएको छ ।

१० महिनाको अवधिमा नुवाकोटका विभिन्न सडकमार्गमा झण्डै एकसय अर्थात् ९७ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए । उक्त दुर्घटनामा सात जनाको मृत्यु हुनुका साथै २६ जना गम्भीर तथा एकसय ३१ ज्ना सामान्य घाइते भएका थिए । विभिन्न प्रकृतिका दुईहजार पांचसय ९१ थन सवारीलाई कारवाही गरि २७ लाख २९ हजार पांचसय रुपैया राजश्व संकलन भएको जानकारी दिइएको छ ।


सर्वाधिक रुचाइएको