चलचित्र निर्देशक समाजमा प्रधान
बिदुर – नेपाल चलचित्र निर्देशक समाजको १८ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अरुणकुमार प्रधानको अध्यक्षतामा १३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ । आगामी तीन वर्षे कार्यकालका लागि नयां कार्यसमिति चयनका लागि भएको मतदानमा कुल खसेको १ सय ५९ मतमध्ये अध्यक्षमा विजयी प्रधानले एकसय ९ पाए ।

उनका प्रतिस्पर्धी जनकदीप पराजुलीले ४६ मत पाए । उपाध्यक्षमा विजयी सुभासप्रसाद गजुरेलले ९५ र दीपक वलीले ७१ मत पाए । उपाध्यक्षमै प्रतिस्पर्धा गरेका देवेन्द्र पाण्डेले ५७, ऋषिराज आचार्यले ३२ र राज बस्न्यातले २२ मत पाए ।

महासचिवमा १ सय ६ मतका साथ समुन्द्र भट्ट बिजयी भइन् । उनका प्रतिस्पर्धी कमल एक्चै मगरले ४७ पाए । सचिवमा ८० मतसहित राजबहादुर साने बिजयी भए । सचिवमै अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत पाए । कोषाध्यक्षमा जनक खड्का निर्विरोध भए ।

सहकोषाध्यक्षमा ६७ मत ल्याएर उत्सव केसी बिजयी भए । भीषण राईले ४२ र अमृतमान महर्जनले ४४ मत पाए । समाजका सदस्यहरु सवै निर्विरोध भए । निर्विरोध निर्वाचित भएका सदस्यहरुमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्माकँडेल र हस्तबहादुर लिम्बु रहेका छन् ।














































