एसइइमा २२ विद्यालयले ल्याए शतप्रतिशत नतिजा
बिदुर – माद्यामिक शिक्षाको माथिल्लो खुड्किलोको रुपमा रहेको एसईई परीक्षामा नुवाकोटबाट यस वर्ष गत वर्षको तुलनामा सुधार भएको छ । यस वर्ष विभिन्न २द्द वटा विद्यालयले शतप्रतिशत नतिजा पाएका छन् भने एक विद्यालय नील भएको छ । यस वर्षको एसईई परीक्षामा नुवाकोटवाट ६३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।
एकसय ४१ विद्यालयवाट विद्यार्थीहरुले एसईई परीक्षा दिएकोमा सामुदायिक र संस्थागत गरि २२ विद्यालयले शतप्रतिशत नतिजा उचालेका हुन् भने एउटा सामुदायिक विद्यालयले एक जना पनि परिक्षार्थी उत्तिर्ण हुन नसक्दा शुन्य नतिजा व्यहोरेको छ । १२ स्थानीय तहमध्ये सदरमुकाम विदुर समेटिएको विदुर नपाका आठ विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् ।
विदुरमा आठसय ९९ मध्ये सातसय ४५ जना विद्यार्थीहरु ग्रेडेड अर्थात् उत्तिर्ण भएका थिए । जसमा प्रगतिशील माविले १६ जना पुरै परिक्षार्थी उत्तिर्ण भई शतप्रतिशत नतिजा पाएको छ । अन्य सवै संस्थागत विद्यालयहरु रहेका छन् ।

उत्तरगया वोर्डिङ स्कुलले १७, गुडविल एकेडेमीले १२, नेशनल वेथेल एकेडेमीले १२, गणेशभ्यु वाटिकाले १७, ओममाने पव्लिकले आठ, सुर्यज्योति वोर्डिङ स्कुलले १७ र जेडी वोर्डिङ स्कुलले २२ जना परिक्षार्थी परिक्षामा सहभागी गराएकोमा सवै अर्थात् शतप्रतिशत नै उत्तिर्ण गराएको छ । पन्चकन्या गाउंपालिका ५ स्थित भेडावारी माविले ४ जना परिक्षार्थी सहभागी गराएकोमा कुनै पनि उत्तिर्ण हुन नासक्दा शुन्य नतिजा सामना गरेको छ । लिखु गाउपालिकाका सात विद्यालयवाट एकसय ८२ जना विद्यार्थी समावेश भएकोमा एकसय ४३ अर्थात् ७८ दशमलव ५८ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए ।
लिखुमा नर्थ स्टार वोर्डिङ स्कुलले २१, सेई वोर्डिङ स्कुलले ११ र ज्योतिकुन्ज एकेडेमीले १२ जना परिक्षार्थी समावेश गराएकोमा सवै अर्थाते शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । तादी गापाका नौ विद्यालयवाट दुर्यसय तीन जनामा एकसय ३० जना अर्थात् ६४ दशमलव ०४ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । जसमा युनिभर्षल वोर्डिङ स्कुलले २४ र तादी भ्यु एकेडेमीले सात जना विद्यार्थी समावेश गराएकोमा सवै अर्थात् शतप्रतिशत उत्तिर्ण गराएको कार्यालयले जनाएको छ ।

पन्चकन्या गापाका ११ विद्यालयवाट एकसय ८३ जनामा एकसय ११ जना अर्थात् ६४ दशमलव ०० प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । ककनी गापाका १४ विद्यालयवाट दुइसय २६ मा एकसय ७९ जना अर्थात् ६२ दशमलव ५८ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । जसमा कालिका माविले १४ र मुकुन्देश्वरी माविले २६ जना विद्यार्थी एसइइमा समावेश गराएकोमा सवै अर्थात् शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ ।
वेलकोटगढी नपाका १९ विद्यालयवाट चारसय दुईसय ६५ जना अर्थात् ६० दशमलव ०९ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । जसमा कल्याणीदेवी माविले २६, पन्चकन्या माविले २८ र महामाया माविले १४ जना परिक्षार्थी समावेश गराएकोमा सवै अर्थात् शतप्रतिशत नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार दुप्चेश्वर गापाका १३ विद्यालयवाट दुईसय ४९ जना परिक्षामा सहभागी भएकोमा एकसय ४२ जना अर्थात् ५२ दशमलव ०२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए ।

सो गापामा सरस्वती माविले १६ जनामा सवै विद्यार्थी उत्तिर्ण गराई शतपतिशत नतिजा पाएको छ । सुर्यगढी गापाका १० विद्यालयका एकसय ९३ मध्ये एकसय ९ जना अर्थात् ५६ दशमलव ४७ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । सुर्यगढीको मंगलादेवी माविले सवै अर्थात् १९ जना परिक्षार्थी उत्तिर्ण गराई शतप्रतिशत नतिजा कायम गरेको छ । शिवपुरी गापाका ११ विद्यालयका दुईसय १७ मध्ये एकसय १२ जना अर्थात् ५२ दशमलव ३४ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् ।
म्यागङ गापाका सात विद्यालयका एकसय ५५ जनामध्ये ७२ जना अर्थात् ४६ दशमलव ४५ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । तारकेश्वर गापाका सात विद्यालयका एकसय ७५ जनामा ६० जना अर्थात् ३४ दशमलव २८ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । किस्पाङ गापाका ६ विद्यालयका एकसय ७२ मध्ये ५७ जना अर्थात् ३३ दशमलव १३ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । गत वर्षको तुलनामा यस वर्ष नुवाकोटको शिक्षामा सुधार आएको कार्यालय प्रमुख रामचन्द्र इटनीले दावी गरेका छन् ।

विभिन्न तीन विद्यालयका ११ जना विद्यार्थीले चार जिपिए नतिजा ल्याएका छन् । गत चैतमा सम्पन्न भएकोे परीक्षामा नुवाकोटमा सवैतर्फ गरि तीन हजार ३ सय ५६ जना परीक्षाथी सहभागी भएकोमा ६३ दशमलव ४६ प्रतिशत उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । सवैभन्दा वढि अर्थात चारमा चार नै जिपिए ११ जना विद्यार्थीहरुले ल्याएका छन् । नतिजा अनुसार गत वर्षको तुलनामा यो वर्ष जिल्लामा ४ जीपीए ल्याउनेको संख्या बढेको हो ।
गत वर्ष चार जना विद्यार्थीले मात्र नुवाकोटमा चार जिपिए ल्याएका थिए । यस वर्ष विदुरको पृथ्वी माविका नौ जना विद्यार्थीहरुले चार जिपिए ल्याएर सर्वोत्कृष्ट भएका छन् । यस वर्ष विदुर नपा भित्रका ११ जना विद्यार्थीहरुले चार जिपिए ल्याएका हुन् । जसमध्ये नौ जना एकै विद्यालय पृथ्वी मावि, एक जना सुभेनियर वोर्डिङ स्कुल र एक जना सुर्यज्योती वोर्डिङ स्कुलका विद्यार्थी रहेका छन् ।

नुवाकोटमा गत वर्ष भने ५९ प्रतिशत मात्र परिक्षार्थी उत्तिर्ण भएका थिए । उक्त तुलनमा यस वर्ष चार प्रतिशत वढि परिक्षार्थी उत्तिर्ण भएका हुन् । नुवाकोटमा यसवर्ष नियमिततर्फ र प्राविधिकतर्फ गरि दुईहजार एकसय ३० जना विद्यार्थीको नतिजाले पुर्णता पाएको कार्यालय प्रमुख रामचन्द्र इटनीले जानकारी दिए ।
उनका अनुसार एक हजार दुईसय २६ जना विद्यार्थीको नतिजाले पुर्णता नपाएको अर्थात् अनुत्तिर्ण भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) का लागि १२ स्थानीय तह रहेको नुवाकोटमा १९ परीक्षा केन्द्रमार्फत परिक्षा दिएका थिए । यस वर्ष ३६ दशमलव ५४ प्रतिशत अनुतिर्ण भएको शिक्षा समन्वय इकाई नुवाकोटले जनाएको छ ।
एसइइमा नुवाकोटका एकसय ४१ विद्यालयका परिक्षार्थीहरु सहभागी भएका थिए । यस वर्ष अनुत्तिर्ण भएकाहरुले आगामी असार १ गतेदेखि सुरु हुने परिक्षामा पुनः ग्रेड वृद्धि परिक्षा दिन पाउनेछन् । गत २०८१ सालको एसइई परिक्षामा नुवाकोटमा २१ केन्द्रवाट तीनहजार ६ सय ७० जना परिक्षार्थी सहभागी भई ५८ दशमलव ८२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।













































