पुर्वाधार विकास डिभिजन कार्यालय सन्चालन
बिदुर – नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ । बिदुरमा कार्यालय रहेर नुवाकोट, रसुवा र धादिङ जिल्ला कार्यक्षेत्र रहेको छ ।

नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत रहने गरी पूर्वाधार विकास डिभिजन कार्यालय विदुर, नुवाकोटमा स्थापना भएको हो । नुवाकोटसहित रसुवा र धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालन हुने यस कार्यालयले पूर्वाधार विकासका कामसँगै भोटेकोसी बाढीपछिको पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धि कार्यमासमेत काम गर्ने कार्यालयले जनाएको छ ।

कार्यालय सन्चालन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, विभिन्न कार्यालयमा प्रमुखहरु, सरोकारवाला तथा निर्माण व्यवसायीहरुले गुणस्तरियता र पारदर्शीताको महत्व तथा प्रभावकारिताका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।




















































