बाढी पीडितद्वारा बागमतिका मुख्यमन्त्रीसमक्ष पुर्नस्थापनाको माग

– मुख्यमन्त्री थापामगरसहित विभिन्न मन्त्रीसमक्ष ६ वुंदे माग राखे पीडितले
लोकखवर विशेष संवाददाता
२०८३ मंसिर ८, सोमबार २३:३७

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले तहसनहस पारेको तीन महिना वितिसक्दा पनि पुर्नवासको प्रक्रिया सुरु हुन नसकेको जनाउंदै नुवाकोटमा बाढी पीडितहरु दुई महिनादेखि संघर्षरत रहेका छन् । उनीहरुले पुर्नस्थापनालगायतको माग गर्दै सम्वन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सो समितिले विस्थापितको बाच्ने आधारको सुनिश्चिततालगायतका ६ वुंदे सामूहिक माग वागमति प्रदेश सरकारलगायतका सरोकारवाला निकायमा राख्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको छ । बाढी पीडितहरुको टोलीले मुख्यमन्त्रीलगायतका विभिन्न मन्त्रीलाई मागसहितको ध्यानाकर्षणपत्र वुझाएको हो ।

भोटेकोशी–त्रिशूली बाढी पीडित सरोकार समिति नुवाकोटले बाढी पीडितको माग सम्बोधन गर्न बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र वुझाएको हो । बागमती प्रदेशका मुख्यमन्त्री किरणबहादुर थापामगर, आर्थिक मामिला मन्त्री सरल सहयात्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री भरत केसीलगायतलाई भेटेर पीडितहरूको माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको हो । सरोकार समितिका संयोजक सूर्यवहादुर कडेलको टोलीले प्रलयकारी बाढीले प्रभावित पारेको र बाढीबाट विस्थापित पीडितहरुलाई राहत होईन, जाडोयाम लागिसकेकाले पुर्नवास गरिनुपर्ने मागसहित ज्ञापन पत्र वुझाएका हुन् । सोही कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले समेत स्थानीय तहको तर्फबाट छुट्टै ज्ञापनपत्र बुझाए ।

कार्यक्रममा नुवाकोट, रसुवा, र धादिङबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूका साथै तीनवटै जिल्लाका प्रभावित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूको समेत सहभागिता रहेको थियो । सरोकार समितिले बाढी पीडितहरुलाई प्रदेश सरकारसमक्ष पुर्नस्थापना गरिनुपर्नेलगायतका माग राख्दै ध्यानाकर्षण गराएको होे । प्रलयकारी बाढीले विध्वंस मच्चाएको सोमवार ९० दिन वितेको छ । बाढीमा परेर धेरै परिवारका सदस्यहरु, घरबार, खेतबारी गुमाएकाहरुको संख्या धेरै रहेको छ । भोटेकोशी त्रिशूली बाढी पीडित सरोकार समितिले विभिन्न निकायमा पुर्नस्थामपनाको माग गर्दै ध्यानाकर्षण गराएको छ । समितिले वाढी पीडितहरुको ६ बुदे माग सहितको ध्यानाकर्षण पत्र बुझाउदै पीडितहरुको माग प्रति गम्भीर भई समस्या समाधान गरिदिन विशेष अनुरोध गरेको छ ।

समितिका संयोजक सुर्यवहादुर कडेलको नेतृत्वमा रहेको टोलीले वागमति प्रदेश सरकार र मातहतका मन्त्रालयलाई छुट्टाछुट्टै रुपमा ध्यानाकर्षण पत्र वुझाएको हो । टोलीले ज्ञापनपत्र हस्तान्तरण गर्दै पीडितका समस्या, राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा विशेष अन्र्तक्रियासमेत गरेको छ । बाढी प्रभावित नागरिकका लागि पुर्नस्थापना, पुर्ननिर्माण तथा सुरक्षित आवास, उचित राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक पहल गर्न समितिले ध्यानाकर्षण गराएको हो । बाढी गएको तीन महिना हुंदासमेत पुर्नस्थापनाकै पहल नभएका कारण संघर्षका कार्यक्रम गर्नुपरेको समितिका उपसंयोजक सुरेन्द्रराज केसीको भनाई छ ।

तीनै तहको सरकारलाई दवावमुलक कार्यक्रम संचालन गरेर बाढी पीडितहरुको पुर्नस्थापना गरिने उनले वताए । गत भदौ १० गतेको प्रलयकारी बाढीबाट प्रभावित नागरिकले भोगिरहेका समस्या, राहत वितरण, अस्थायी बसोबास तथा दीर्घकालीन पुनस्र्थापनाका कार्यक्रम आवस्यक रहेको समितिका उपसंयोजक केसीले वताए ।
बाढीका कारण घरजग्गा तथा सम्पत्तिमा क्षति पुगेका प्रभावित परिवारको व्यवस्थापन र उनीहरूको सहज जीवनयापनका लागि आवश्यक कार्यक्रमको लागि सरकारले कार्य गर्नुपर्ने माग गरिएको अर्का उपसंयोजक अष्टमान डंगालको भनाई छ । प्रदृश सरकारलाई समितिले बाढी पीडितहरूको पुर्नस्थापना र जीवनयापनमा सहजिकरण, वर्गिकरण र क्षतिपूर्ति, तथ्याङ्क सङ्कलन तथा क्षतिको विवरण, राहत वितरण, विकास निर्माण, ऐतिहासिक, पुराताव्कि महत्वका धरोहरहरूको पुनः निर्माण र पुननिमार्ण प्राधिकरण गठनका सम्वन्धमा ज्ञापनपत्र वुझाएको हो ।

विनासकारी बाढी आएको तीन महिना वितिसक्दा पनि उचित न्याय नपाइएको बाढी पीडितहरुले गुनासो गरेका छन् । उनीहरुले दुई महिनादेखि बाढी पीडितहरुले भोटेकोशी त्रिशूली बाढी पीडित सरोकार समिति गठन गरेर चरणवद्ध रुपमा संघर्षका कार्यक्रमहरु गरिरहेका छन । हालसम्म पीडितहरुले उचित रुपमा न्याय हुन नसकेको जनाउंदै न्यायको लागि एकजुट हुँनुपरेको उनीहरुले गुनासो गरेका छन् । बाढी पीडितहरुले सामूहिक रुपमा तीनै तहको सरकार समक्ष पुनस्र्थापनासंग सम्न्धित बिषयमा माग प्रस्तुत गरेका छन् ।

गत भदौ १० गते ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटका चार वटा स्थानीय तह प्रभावित पारेको छ । उक्त बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा निकै जनधनको क्षति गरेको छ । बाढीले ति स्थानीय तहका २ हजार ८ सय वढि घरधुरी ध्वस्त पारेको छ । बाढीका कारण नुवाकोटको चार स्थानीय तहभित्रका दुईहजार आठसय ३१ घर ध्वस्त पारेको जिल्लाच प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

बाढीले सवैभन्दा वढि क्षति बिदुर नपामा गरेको छ । बाढीले बिदुर नपाभित्र रहेका दुईहजार पांचसय ५४ वटा घरमा क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बाढीले बेलकोटगढी नपामा बाढीले एकसय ९५, तारकेश्वर गापामा ४८ र किस्पाङ गापामा ३४ घरमा क्षति पु¥याएको छ । बाढीका कारण नुवाकोटमा दुईहजार सातसय २३ जना अझै वेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ । बाढी पीडितहरुले तीनै तहको सरकार तथा सरोकारवाला मन्त्रालयमा बाढी पीडितले पुर्नस्थापनाको माग राख्न सुरु गरेका हुन् ।

विनासकारी बाढीले नुवाकोटको त्रिशूली नदी तटीय क्षेत्रमा पु¥याएको क्षतिको अवस्था भयाभव रहनुका साथै बाढी प्रभावित क्षेत्रमा बाढी पीडितहरूले व्यहोर्नु परेको कष्ट र समस्याहरूलाई यथाशिघ्र सम्वोधन गरी पीडितहरूलाई आफ्नो पूर्ववर्ति दैनिकीमा फर्काउने कर्तव्य राज्यका तीनवटै तहका सरकारहरूको आ –आफ्नो क्षेत्र अधिकार भित्रको दायित्व पुरा गर्ने सचेत गराइएको समितिका उपसचिव किरणप्रसाद अधकिारीको भनाई छ । बाढी पीडितहरुले बाढीपछि सरकारले घोषणा गरेका राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको, कतिपय वास्तविक पीडितले अझै राहत पाउन नसकेको तथा दीर्घकालीन रूपमा पुनर्वासको समस्या सबैभन्दा चुनौतीपूर्ण बनेको समितिका सहसचिव अधिकारीको भनाई छ ।

उनका अनुसार समितिले प्रभावित क्षेत्रमा पुगेर पीडितका वास्तविक समस्या संकलन गर्ने कार्य गरेको छ । बाढीबाट नुवाकोटको बेत्रावती, त्रिशूली, ढुंगे, तुप्चे, सोले, शान्तिवजार, देवीघाट, महादेवफाँटलगायतका क्षेत्र निकै प्रभावित भएका छन् । बाढीका कारण अधिकांशका घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । विनासकारी बाढी गएको तीन महिना वितिसक्दा पनि पुनर्निर्माण र पुनर्वासको काम उचित रुपमा हुन नसकेको पीडितहरूको गुनासो छ । गत भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित विदुर नपाको तुप्चे, बेत्रावती, त्रिशूली, देवीघाट हुँदै बेलकोटगढी नपा, तारकेश्वर र किस्पाङ गापामा ठुला क्षति गरेको छ ।


सर्वाधिक रुचाइएको