ज्येष्ठ नागरिक आश्रमको निर्माण सुरु
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको कल्छेपाखामा ज्येष्ठ नागरिक आश्रमको निर्माण सुरु भएको छ । उक्त आश्रमको शिलान्यससंगै निर्माण सुरु गरिएको हो ।
लिखु गाउंपालिका ५ कल्छेपाखामा आधुनिक र सुविधा सम्पन्न जेष्ठ नागरिक आश्रमको निर्माण कार्य सुरु भएको हो ।

उक्त निर्माणाधिन जेष्ठ नागरिक आश्रमको प्रदेश सभा सदस्य रमेशकुमार महतले शिलान्यास गरे । कांग्रेस नुवाकोटका सभापतिसमेत रहेका महतले वागमति प्रदेश सरकार सामाजिक विकास मंन्त्रालयको लगानीमा वन्ने यस आश्रममा चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाको लगानीमा निर्माण आरम्भ भएको वताउंदै असहाय, अशक्त वृद्धवृद्धाहरुलाई आश्रममा सेवा गरिने वताए ।

उनले सोही स्थानमा विगतदेखि संचालनमा ल्याईएको धुलिखेल सामुदायिक अस्पतालको सेवासमेत ऊपलव्ध हुने हुदा जेष्ठ नागरिक हरुको लागि थप सेवा प्राप्त हुने वताए । शिलान्यास कार्यक्रममा लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठले नुवाकोटको विकासमा अतुलनिय योगदान रहेको र सडक, सिंचाई खानेपानी, बिद्युुतीकरण र शिक्षाको क्षेत्रमा विशेष कार्य भएको वताए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, सर्वसाधारणको सहभागिता रहेको थियो ।


















































