सामुदायिक संस्थालाई सहयोग

– खड्काले हस्तान्तरण गरे सामग्रीहरु
लोकखबर
२०८३ जेष्ठ १७, आईतवार ००:००

बिदुर – नुवाकोटको उत्तरी भेगमा रहेको एक सामाजिक संस्थालाई सामग्रीहरु हस्तान्तरण गरिएको छ । यसवाट सामुदायिक विकासमा मद्धत पुगेको छ । दुप्चेश्वर गाउँपालिका ५ मा स्थित एक सामुदायिक संस्थालाई शिक्षा, सामाजिक अगुवा तथा समाजसेवी सुशीलकुमार खड्काले विभिन्न सामग्रीहरु सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् ।

गाउंमा आयोजित कार्यक्रममा नेकपा एमाले नुवाकोट १ का क्षेत्रिय अध्यक्षसमेत रहेका खड्काले सत्यवचन मार्ग दर्शन सामाजिक संस्था सुर्यडाँडालाई टेवल र कुर्सीलगायत आवश्यक सामग्रीहरु हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दैै खड्काले सामुदायिक विकास र सामुदायिक क्षेत्र प्रवद्र्धन कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको वताए । उनले आफुलाई सुखमा होइन, दुःखमा सम्झिनुहोला भन्ने भावनाले सहयोग गर्दै आएको वताए ।

सोही कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश सचिवालय सदस्य बलराम आचार्यले खड्काल सामुदायिक विकासका क्षेत्रमा डेढ दशकदेखि विभिन्न संस्था, विद्यालय तथा व्यक्तिहरुलाई सहयोग गरिरहेको वताए । कार्यक्रममा नेकपा एमाले दुप्चेश्वर पालिका कमिटी अध्यक्ष तथा दुप्चेश्वर गापा ५ का वडाध्यक्ष मईतबहादुर तमाङ, एमाले दुप्चेश्वरका उप–सचिव तथा वडासदस्य आर्यन तमाङ र दुप्चेश्वर गापा ७ वडा कमिटी अध्यक्ष दीपक पण्डित लगायतको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको