कोलोनीमा कभर्ड हल निर्माण
बिदुर – खेलाडिहरुको सुविधा तथा खेल प्रवद्र्धनका लागि नुवाकोटको कोलोनीमा कभर्ड हल निर्माण गरिएको छ । यसलाई सम्वन्धित निकायले हस्तान्तरण गरेको छ ।
विदुर नगरपालिकाको ९ कोलनी स्थित नवनिर्मित कभर्डहल जिल्ला खेलकुद विकास समिति नुवाकोटलाई हस्तान्तरण गरिएको हो ।
सामाजिक विकास कार्यालय गजुरीको स्वामित्व तथा व्यवस्थापनमा रहेको कभर्डहल कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको हो ।सामाजिक विकास कार्यालय गजुरीका कार्यालय प्रमुख रमेश घिमिरेले र जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष विजय गुरुङलाई कभर्ड हल हस्तान्तरण गरेका हुन् । उनीहरुबीच हस्तान्तरण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।

यससंगै कभर्डहलको सञ्चालन, व्यवस्थापन, संरक्षण तथा खेलकुद गतिविधि प्रवद्र्धनको जिम्मेवारी जिल्ला खेलकुद विकास समितिले ग्रहण गरेको छ । कभर्ड हलले जिल्लामा खेलकुद पूर्वाधारको प्रभावकारी उपयोग भई खेलाडीहरूको प्रशिक्षण, क्षमता विकास तथा विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालनमा थप टेवा पुग्ने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बिजय गुरुङले बताए ।
कार्यक्रममा सहभागी खेलप्रेमीहरूले खेलकुद क्षेत्रको विकासका लागि कभर्डहलको उचित व्यवस्थापन र अधिकतम उपयोग आवश्यक रहेको उल्लेख गर्दै यस हस्तान्तरणले जिल्लाको खेलकुद विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । जिल्ला खेलकुद विकास समिति, नुवाकोटले कभर्डहललाई जिल्लाका खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूको हितमा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।












































