बिदुरमा प्लाष्टिकमुक्त अभियान सन्चालन

– पहिलो चरणम बिदुर ५ प्लाष्टिकमुक्त बडा घोषित
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ ३०, शनिबार १५:१५

बिदुर – बातावरण प्रदुषण नियन्त्रण गर्ने उद्धृश्यले नुवाकोटको बिदुर नगरपालिकामा प्लाष्टिकमुक्त अभियान सन्चालन गरिएको छ । जसअन्र्तगत पहिलो चरणमा बिदुर नपा ५ लाई प्लास्टिकमुक्त वडा घोषणा गरिएको छ । सो वडालाई प्लास्टिकजन्य वस्तुको न्यूनिकरण तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग निषेध अभियान अन्तर्गत ‘प्लास्टिक मुक्त वडा’ घोषणा गरिएको हो । विदुर नपाका मेयर राजन श्रेष्ठले उक्र अभियानको घोषणा गरे ।

उनले वातावरणको संरक्षण गरि स्वास्थ्य सुरक्षामासमेत जोड दिइएको वताए । बिदुर नपा कार्यालय संरक्षक रहेर बिदुर ५ को आयोजना, डिभिजन वन कार्यालय नुवाकोट र लामीबगैचा सामाजिक युवा क्लबको समन्वय तथा स्थानीय संघसंस्था, विद्यार्थी सहित सरोकारवालाहरूको सहभागितामा उक्त अभियान सनचालन गरिएको हो ।कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा दिगो विकासका लागि प्लास्टिकको प्रयोग न्यूनीकरण गर्ने सामूहिक प्रतिबद्धतामा हस्ताक्षरसहित ‘प्लास्टिक मुक्त वडा’ घोषणा गरिएको हो ।

बिदुर नपा ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, डिभिजन वन कार्यालयका प्रमुख प्रदीपनाथ शर्मा, भू तथा जलाधार कार्यालयका प्रमुख महेश पौडेल, बिदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, बिदुर ३ का वडाध्यक्ष बद्री रिमाल, बिदुर ११ का वडाध्यक्ष बाबुराम तामाङ, बिदुर ५ भित्र रहेका विभिन्न विद्यालयको शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुका साथै व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रअ, शिक्षक र विद्यार्थीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, लामीबगैचा सामाजिक युवा क्बलका अध्यक्ष सुजन गजुरेल सहित क्लबका पदाधिकारीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा दिगो विकासका लागि प्लास्टिकको प्रयोग न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । प्लास्टिकजन्य फोहोर व्यवस्थापन र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले वडा स्तरमै अभियान सञ्चालन गरी बिदुर ५ नं वडा क्षेत्रलाई प्लास्टिक मुक्त वडा घोषणा गरिएको हो । डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग, विदुर नपाको संरक्षकत्व, तथा लामीबगैचा सामाजिक युवा क्लवको सहकार्यमा “एक जिल्ला एक वडा प्लाष्टिक मुक्त अभियान” अन्र्तगत विगत दुई महिना देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरी प्लाष्टिक मुक्त वडा घोषणा गरिएको हो ।

हालसमम यस कार्यका लागि सञ्चालित क्रियाकलापहरुमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, . वडा भित्र छरिएर रहेका ३० टन भन्दा बढी प्लाष्टिकजन्य फोहोर संकलन तथा उचित व्यवस्थापन, वडा भित्र रहेका घरघरमा पुगेर जनचेतना तथा बैकल्पिक सामग्री (कपडाको झोला वितरण, वडा भित्रका सवै विद्यालयमा विद्यालय शिक्षा कार्यक्रम सञ्चालन तथा सरसफाई सामग्रीको वितरणका साथै जनचेताना वृद्दि गर्न सवै क्षेत्रमा माईकिङ्ग गरिएको थियो । यसका साथै ठाउँठाउँमा स्ट्याण्डसहितको डस्टविन स्थापना, ठाउँठाउँमा स्ट्याण्ड सहितको डोकोको स्थापना, प्लाष्टिक निषेधित क्षेत्र लेखिएको सूचना बोर्डको स्थापना,  सडकको दायाँवायाँ वृक्षरोपण गरिएको छ । साथै, बाजागाजा सहित ¥याली गरी प्लाष्टिकमुक्त वडा घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।

यसकासाथै बिदुर नपाका मेयर राजन श्रेष्ठले विदुरका सबै वडालाई ‘प्लास्टिक मुक्त’ बनाउने लक्ष्य रहेको वताए । विदुर नपाले वडा नं. ५ लाई ‘प्लास्टिक मुक्त वडा’ घोषणा गरेसँगै बाँकी सबै वडालाई पनि क्रमशः प्लास्टिक मुक्त बनाउने लक्ष्य लिइएको मेयर राजन श्रेष्ठले बताए । विदुर नपा ५ मा आयोजित प्लास्टिकजन्य वस्तुको न्यूनीकरण तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग निषेध अभियान अन्तर्गत ‘प्लास्टिक मुक्त वडा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले यो अभियानलाई सबै वडामा विस्तार गरिने वताए ।

उनका अनुसार बिदुर ५ बाट सुरु भएको यस अभियानलाई वडाध्यक्षहरूको सहकार्यमा अन्य वडामा समेत लागू गर्दै हरियाली, स्वच्छ र प्रदूषणमुक्त नगरपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ । बिदुर नपाकी उपमेयर प्रभा बोगटीले प्लास्टिकमुक्त वातावरण मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक अवसर सिर्जना गर्दै नगरलाई समुन्नत बनाउने दिशामा बिदुर नपाले योजनाबद्ध रूपमा काम गरिरहेको वताइन् । उनका अनुसार नागरिकको सक्रिय सहभागिता बिना वातावरण संरक्षण सम्भव नहुने भएकाले सबैलाई प्लास्टिकको प्रयोग घटाउन र वैकल्पिक सामग्री प्रयोग गर्न आग्रह पनि गरिन् ।

उनका अनुसार “स्वच्छ वातावरण, समृद्ध विदुर” भन्ने लक्ष्यका साथ अभियानलाई थप प्रभावकारी हुनेछ । उनले घोषणा भन्दा पनि कार्यान्वयन महत्वपूर्ण रहेको वताइन् ।
प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण गर्दै वातावरण संरक्षणमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको वताइन् ।

बिदुर नपा ५ वडालाई प्लास्टिकमुक्त बनाउने अभियानलाई व्यवहारमा उतार्न स्थानीयवासी, संघसंस्था तथा सरोकारवालाहरूको सहकार्य अपरिहार्य रहेको उनले वताइन् । वातावरण संरक्षण, स्वच्छ र हरित समाज निर्माणका लागि प्लास्टिक मुक्त अभियान गरिएको बिदुर नपा ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ । यससँगै वडा स्वच्छ, हरित र व्यवस्थित सहर निर्माणतर्फ अगाडि बढिरहेको उनको भनाई छ ।


सर्वाधिक रुचाइएको