दोश्रो कोरा साइक्लिङको तयारी

– आधिकारिक टिसर्ट सार्वजनिक
लोकखवर खेल संवाददाता
२०८३ श्रावण १, शुक्रबार ०१:२२

बिदुर – खेल, पर्यटन र पर्यावरणलाई एकसाथ अगाडि वढाउने उद्धेश्यले नुवाकोटको बिदुरमा आयोजित कोरा साइक्लिङको दोश्रो संस्करणको तयारी पुरा भएको छ । यहि साउन २ गते बिदुरमा आयोजित उक्त कोरा साइक्लिङको तयारी पुरा भएको छ । “खेल, स्वास्थ्य, पर्यटन र पर्यावरण“लाई एकसाथ लैजाने उद्देष्यले बिदुर नगरपालिकाको आयोजनामा गत वर्षदेखि सन्चालन भएको ‘विदुर कोरा साईक्लिङ च्यालेञ्ज’ यस वर्ष पनि आगामी साउन २ गते शनिबार आयोजना गरिएको हो ।

जसको तयरीस्वरुप आयोजक विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले “विदुर कोरा साइकलिङ च्यालेञ्ज–२०८३“ को टी–शर्ट सार्वजनिक गरेका छन् । विदुर नपाको आयोजनामा यहि साउन २ गते आयोजना आयोजित “विदुर कोरा साइकलिङ च्यालेञ्ज–२०८३“ को टी–शर्ट नपा कार्यालयमा विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । “पर्यावरणमैत्री यात्रा, शारीरिक स्वास्थ्य प्रवद्र्धन र परोपकारी उद्देश्य“ लाई आत्मसात् गर्दै आयोजित उक्त साइकलिङ च्यालेञ्जले स्वच्छ वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको प्रवद्र्धन, साइकल संस्कृतिको विकास तथा सामाजिक सेवामा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको मेयर श्रेष्ठको भनाई छ ।

टी–शर्ट सार्वजनिकिकरण कार्यक्रममा उपमेयर प्रभा बोगटी, बिदुर नपा १ का वडाध्यक्ष लेनीन रन्जित, २ का दीपक कायस्थ, र ४ का नीलमवावु ढुंगेल तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । विदुर नगरपालिकाले सबै नगरवासी तथा साइकल प्रेमीहरूलाई विदुर कोरा साइकलिङ च्यालेञ्ज–२०८३ मा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई खेल, पर्यटनमैत्री वनाउन अनुरोध गरेको छ । सहभागिताको लागि सम्पूर्ण साइकलप्रेमी महानुभावहरुलाई आब्हान गर्दै नाम दर्ताको लागी अनुरोध गरिएको मेयर राजन श्रेष्ठले वताए ।

उनका अनुसार स्वस्थ्य जीवनशैली, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित यस अभियानमा सम्पूर्ण साइकलप्रेमी महानुभावहरूलाई उत्साहपूर्वक सहभागी हुन हार्दिक आमन्त्रण गरिएको छ । कार्यक्रममा सहभागी हुने व्यक्तिहरूलाई कार्यक्रमको सन्देश अंकित टी–शर्ट, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । गत वर्ष सो साइक्लिङको पहिलो सस्करण गरिएको थियो ।


सर्वाधिक रुचाइएको