१८ कोठे पक्कि विद्यालय भवन वन्दै
– भारतीय दूतावासको सहयोगमा निर्माणाधिन
बिदुर – भारतीय दूतावासको सहयोगमा नुवाकोटको माझीटारस्थित च्वाडी पब्लिक माविमा पक्कि विद्यालय भवन निर्माण भइरहेको छ । विदुर नगरपालिका–५ स्थित उक्त विद्यालयमा कुल २० करोड रुपैयाको लागतमा १८ कोठे भवन निर्माण भइरहेको छ । भवन निर्माण अन्तर्गत हाल भुइतलाकोे काम भइरहेको छ ।

निर्माण कार्यको स्थिती र पछिल्लो अवस्थाका सम्वन्धमा वडाध्यक्ष लीलानाथ न्यौपानेले विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाले स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । उक्त विद्यालयमा नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै विद्यार्थीको पठनपाठनमा सहजता आउने प्रधानाध्यापक गणेशवहादुर कुमालले जानकारी दिए । सो विद्यालय उक्त स्थानकै पुरानो सामुदायिक विद्यालय हो ।












































