कलाकार र स्वास्थ्यकर्मीबीच फुटसल

– स्वास्थ्यका लागि खेल
लोकखवर मनोरन्जन संवाददाता
२०८३ आश्विन १४, बुधबार २३:३६

बिदुर – स्वास्थ्यका लागि खेलकुदको सन्देश दिदै विश्व मुटु दिवसका अवसरमा कलाकार र स्वास्थ्यकर्मीवीच फुटसल प्रतियोगिता भएको छ । स्वस्थ्य मुटु स्वस्थ्य जीवनलाई ध्यानमा राखी नेपाल चलचित्र कलाकार संघ तथा कार्डियाक सोसाईटी अफ नेपालबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको हो । उक्त रमाइलो फुटसल खेलमा नेपाल चलचित्र कलाकार संघका तर्फबाट अध्यक्ष उत्तम केसीसहित शिवहरी नेपाल, पूजना प्रधान, सुनील कटुवाल, गोपाल ढकाल, धिरेन शाक्य (टिम क्याप्टेन), दिनेश डिसी, ईन्द्र दोङ, दिनेश कार्की, आकाश श्रेष्ठ, डिबी आले, डम्बर नेपाली, बद्री पंगेनी, पवन गुरुङ, रामशरण जंगम, जीवन थापा, चन्द्रकला राई, श्रीदेव भट्टराई, नारायण प्रधान, धर्मेन्द्र आचार्य, नवराज दुरा वैद्यलगायतका कलाकारको सहभागिता रहेको थियो । उक्त खेल निकै आकर्षक र सनसनीपूर्ण देखिएको थियो ।

कार्डियाक सोसाईटीका तर्फबाट डा. रिजु मानन्धर (टिम क्याप्टेन) चिकित्सकहरु डा. चन्द्रमणि अधिकारी, डा. कुन्साङ शेर्पा, डा. चन्द्रमणि पौडेल, डा. राममणि गजुरेल, डा.अमृत बोगटी, डा. निरल तिमल्सिना, डा. पारस कोइराला, डा. प्रवेश राजथला, डा.आनन्द खनाल, डा.निशेष बस्नेत, डा.रणजित बराल, डा.सफल राजभण्डारी, डा.अञ्जन आचार्य, डा.श्रीधर भट्टराई, डा.सोवित खड्का, डा.शिल्पा अर्याल, डा.अञ्जन विष्ट, डा.रवी शर्मालगायत रहेका थिए । कलाकार संघका तर्फबाट उक्त माइलो खेलको संयोजन पूर्व अध्यक्ष तथा सल्लाकार रविन्द्र खड्काले गरेका थिए ।

खेल सम्पन्न भएपछि उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले खेलकुद मानव जीवनको महत्वपुर्ण अध्याय रहेको वताएका थिए । मुटुलाई स्वस्थ्य राख्न आवस्यक उपाय अपनाउने भन्ने विषयमा डा. चन्द्रमणि अधिकारी तथा डा. रिजु मानन्धरले प्रकाश पारेका थिए ।

खेलकुद कार्यक्रमका संयोजक रविन्द्र खड्का तथा धिरेन शाक्यले खेलकुद तथा व्यायामले मुटु जोगाउने विषयमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव गोपाल ढकालले गरेका थिए । हात्तिगौँडास्थित मैदान एरेनाले निःशुल्क मैदान उपलव्ध गराएको थियो ।


सर्वाधिक रुचाइएको