कांग्रेस देउवा पक्षको  अधिवेसन

– क्षेत्र नं. २ को सभापतिमा तामाङ
लोकखवर राजनीतिक व्युरो
२०८३ कार्तिक १३, बिहीबार २२:४८

बिदुर – नेपाली कांग्रेसको नियमित महाधिवेसन पक्षधर अर्थात देउवा पक्षको नुवाकोटमा धमाधम अधिवेसनहरु भइरहेको छ । सो पक्षको पालिका तथा क्षेत्रिय अधिवेसन भइरहेको छ । जसअन्र्तगत नुवाकोट क्षेत्र नं. २ को अधिवेसनले सभापतिमा गणेशमान तामाङलाई चयन गरेको छ । कांग्रेस नियमित महाधिवेशन पक्षधरको १५औँ महाधिवेशन अन्तर्गत नुवाकोट २ को क्षेत्रीय कार्यसमिति सभापतिमा यसअघि कांग्रेस नुवाकोट २ को प्रदेश ख को सभापति रहेको तामाङ क्षेत्रिय सभापति निर्वाचित भएका हुन् ।

क्षेत्रिय कार्यसमितिको सचिवमा अच्युतराज महन्तगिरी र रविन्द्र मानन्धर निर्वाचित भएका छन् । सह–सचिवमा चन्द्रशेखर सिलवाल र भगवान थापा निर्वाचित भएका छन् । अधिवेसनले क्षेत्रिय कार्यसमिति सदस्यहरुमा गोविन्दप्रसाद दाहाल, सुकदेव ढुंगाना (केदार), कृष्णप्रसाद दाहाल, हरिप्रसाद भट्ट र रामशरण नेपाली निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिले पार्टीको संगठन सुदृढीकरण तथा क्षेत्रीय गतिविधिलाई अघि बढाउने प्रतिवद्धता जनाएको छ । कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को ‘क’ प्रदेश सभा क्षेत्रिय अधिवेशन बट्टारमा सम्पन्न भएको छ ।

अधिवेशनबाट ‘क’ प्रदेश सभा क्षेत्रिय सभापतिमा पूर्णप्रसाद गजुरेल सर्वसम्मत निर्वाचित भएका छन् । उपसभापतिमा जीतबहादुर तामाङ र उत्सव अर्याल, सचिवमा माधव भट्ट र गणेश गजुरेल तथा सहसचिवमा सीताराम पौडेल सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक आरसी ढुंगेलका अनुसार अधिवेशनमा नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नियमित महाधिवेशन पक्षधर कांग्रेसले बिदुर नगरपालिकाको नगर अधिवेशन सम्पन्न गरेको छ ।

विदुरमा सम्पन्न अधिवेशनले रमेश भण्डारी नगर सभापतिमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनले उपसभापतिमा अञ्जु रिमाल र रामकृष्ण रिजाललाई चयन गरेको छ । सचिवमा प्रदीप हमाल तथा सहसचिवमा सदिक्षा लामिछाने र विष्णुप्रसाद प्याकुरेल चयन भएका छन् । नगर कार्यसमिति सदस्यहरुमा रिता प्याकुरेल, ध्रुव खतिवडा, सुनील मुडभरी, उर्मिला दाहाललगायत चयन भएका छन् ।

नवनिर्वाचित नेतृत्वले पार्टीलाई संगठनात्मक रूपमा थप मजबुत बनाउँदै नियमित महाधिवेशन पक्षधरको अभियानलाई स्थानीय तहमा प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । कांग्रेसको नियमित महाधिवेशन पक्षको बेलकोटगढी नगर अधिवेशन बाजागाजासहित सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना मन्दिरमा सम्पन्न अधिवेशनले निर्विरोध रुपमा नगर कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट सभापतिमा सागर न्यौपाने चयन भएका हुन् । उपसभापतिमा रामचन्द्र रानामगर र राजेन्द्रप्रसाद अधिकारी, सचिवमा दीपकराज डोटेल र राजनप्रसाद न्यौपाने तथा सह–सचिवमा शुकबहादुर तामाङ र रामबहादुर तामाङ चयन भएका छन् । नगर कार्यसमितिका सदस्यहरूमा प्रिजा तामाङ, चन्द्रबहादुर भुजेल, डिलबहादुर तामाङ, साधुराम भट्ट, महेन्द्र तामाङ, अर्जुन मुडबरी, लक्ष्मी गुरुङ, राजन तामाङ, राजु दाहाल, सिर्जना नेपाली, काजीबाबु तामाङ, श्याम घिमिरे, आशिष लामा, नानीमैया तामाङ सदस्यमा निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय प्रतिनिधि तथा कांग्ेस पुर्व जिनल्ला सभापति धु्रर्व अधिकारीले आफूहरूले गरेको अधिवेशन नै कांग्रेसको वैधानिक अधिवेशन भएको दाबी गर्दै वैधानिकता आफूहरूले नै पाउने दाबी गर्दै कार्यकर्तालाई सक्रियतापुर्व लाग्न आग्रह गरे । कार्यक्रममा बागमती प्रदेश सदस्य बद्रीप्रसाद मुडबरी, क्षेत्र नं. २ ‘क’ का प्रदेश सभापति बैकुण्ठबहादुर पाण्डे, युवा नेता जयराम दाहाल, जिल्ला सदस्य अर्जुनकुमार नेपाल, कांग्रेस बेलकोटगढीका पूर्व नगर सभापति गोकुलप्रसाद दाहाल, कांग्रेस युवा नेता शुकदेव दाहाल, पूर्ण गजुरेल, महिला अगुवा हिरा तिवारीलगायतले पार्टीको संगठन सुदृढीकरण, वैधानिक अधिवेशन र नेतृत्व चयनका विषयमा आआफ्नो धारणा राखेका थिए । कांग्रेसको आन्तरिक संघर्षका बीच सम्पन्न देउवा पक्षको अधिवेशनले संगठनात्मक उपस्थिति बलियो देखिएको जिल्ला संयोजक श्रीराम श्रेष्ठले दाबी गरेका छन् ।


सर्वाधिक रुचाइएको