बाढीको पीडाकाबीच पोखरी खनेर मनाइयोे छठ पर्व

– तराइमा मनाइदै आएको छठ पहाडि समुदायसमेत संंगै मनाउंदै
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक ३०, आईतवार २१:४७

बिदुर – अकल्पनीय बाढीको पीडाकाबीच नुवाकोटमा छठ पर्व मनाइएको छ । तीन महिना अगाडि बाढीको चपेटामा परेका नुवाकोटमा विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका तराइवासीले सामूहिक रुपमा आइतवार छठ पर्व मनाएका हुन् । बिदुर नगरपालिका २ स्थित पान्चायन मन्दिर परिसरमा पोखरी तयार गरि तराई समुदायले सामूहिक रुपमा छठ पर्व मनाएका हुन् । उनीहरुलाई पहाडी समुदायका नागरिकलेसमेत साथ दिएका थिए । तराइमा मात्र मनाइदै आएको छठ पर्व नुवाकोटमा पनि मनाइदै आएको छ । एक दशकदेखि पहाडि संरचना रहेको नुवाकोटमा नदी पोखरीमासमेत छठ पर्व मनाइदै आएको थियो ।

यस वर्ष गत भदौ १० गतेको अकल्पनीय बाढीले त्रिशूली नदी किनारामा छठस्थल प्रभावित पारेपछि उनीहरुले मन्दिरमा पोखरी तयार गरि छठ मनाएका हुन् । पहिले तराइका सर्वसाधारणले मात्र मनाउंदै आएको छठ पर्व वितेको डेढ दशकदेखि नुवाकोटका विभिन्न नदी किनारामा तराई समुदायका व्यक्तिहरुले मनाउंदै आएका छन् ।
गत २०६५ साल अघि तराईको विभिन्न स्थानमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । तराई मुलका नागरिकहरुले आइतवार नुवाकोटको बट्टारवजार नजिकै रहेको पान्चायन मन्दिरमा जम्मा भई छैंठी माताको पुजाआजा गर्दै छठ मनाइएको छठ पुजामा सहभागी लालवावु गुप्ताले वताए ।

उनले बाढीको पीडाका वीच पनि आफुहरुलाई पहाडमा छठ पर्व मनाउन स्थानीय समुदायमा सहयोग गरेका कारण निकै खुसी लागेको पनि वताए । तराईका विभिन्न स्थानमा मुल घर भई नुवाकोटको बट्टार, बिदुर, ढुंगे, त्रिशूली, कोलोनीमा पेशा, व्यवसाय तथा अध्ययन गरि वसेकाहरुले यस वर्ष नुवाकोटको पान्चायन मन्दिरमा सामूहिक रुपमा छठ पर्व मनाएका हुन् । सांगीतिक वातावरणमा छैठी माताको पुजा आराधनासहित एकैपटक सयौं जनाले सामूहिक छठ मनाएका हुन् । कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ ।

छठ मनाउन तयार गरिएको पोखरीमा पुगेका उनीहरुलाई पहाडि समुदायका सर्वसाधारणलेसमेत साथ दिएका छन् । तराई र पहाडि समुदायका नागरिकले संयुक्त रुपमा धार्मिक सहिष्णुताको भावनाले छठ पुजा मनाएका हुन् । दुई दिनसम्म तराई मुलका नागरिकलाई धार्मिक सहिष्णुताको भावनाले पहाडि समु्दायका सर्वसाधारणले सहयोग पु¥याएका छन् । व्रत वसि रातभर जाग्राम वसि सोमवार विहान उदाउंदो सुर्यलाई अर्घ चढाएपछि तराई समुदायका नागरिकले मनाउंदै आएको छठ पर्व सकिन्छ ।

सामूहिक रुपमा सवै तराइवासी मिलेर मन्दिरमा छठपुजा गरिएको विदुर नगरपालिका १ ढुंगेवजारमा वसोवास गर्दै आएर वाढी पीडित भएका कामाख्याप्रसाद कलवारको भनाई छ । कलवारले बाढीको पीडालाई विर्सिदै पहाडमै छठ मनाउदा सर्वसाधारण पन खुसी हुने गरेको वताए । आफुहरुलाई छठ मनाउन स्थानीय समुदायले साथ दिएको उनको भनाई छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइएको ११ वर्षदेखि नुवाकोटमा वस्दै आएकी छठ पुजाकी अगुवा व्रतालु शिला ठाकुरले वताइन् ।

पहाडमा छठ मनाउंदा आफुहरुलाई जन्मथलो तथा घरमै मनाएको जस्तो अनुभुति भएको उनले वताइन् । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई क्षेत्रमा श्रद्धा तथा भक्तिपूर्वक यो पर्व मनाइएको २१ वर्षदेखि नुवाकोटमा वसोवास गर्दै आएका छठ पुजामा अर्का सहभागी गणेश ठाकुरले वताए । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकी दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन रहेको पुजामा सहभागी वीरेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरको प्रतिक छठ पर्वमा टाढा टाढा घर जान नसकेककाहरुले नुवाकोटको त्रिशूली नदीमा पुगेर सामूहिक रुपमा छठ पर्व मनाइएको हो । छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छठ पुजामा सहभागी नुवाकोटका अगुवा व्राम्हण ठाकुरप्रसद अधिकारीको भनाई छ । पहिले तराई क्षेत्रमा तराई समुदायका नागरिकलाई पुजामा साथ दिन पाउंदा आफुलाई निकै हर्ष लागेको उनको भनाई छ । लहरै भेला भएका दुईसय जनाभन्दा वढिले पान्चायन मन्दिरमा रातभर जाग्राम वसेर छैठीमाताको पुजा आराधना गरेका हुन् ।

कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवतरुपमा सुरु हुने छठ पूजा सप्तमीसम्म चार दिन मनाइने गरिन्छ । विद्यिवत रुपमा छठ पर्वको अवसरमा नुवाकोटमा सहभागी व्रतालुहरूले गाईको गोबरले लिपपोत गरी चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालुहरू व्रत बसेर त्रिशूली नदी किनारामा सामूहिक रुपमा पुजामा सरिक भएकाहरु वताउंछन् । व्रतालुहरूले चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि प्रसाद ग्रहण गरेर निर्जल व्रत सुरु गरेका हुन् । व्रतालुहरू नुहाई चोखो वस्त्र पहिरेर छठ पूजाका लागि पोखरी, नदी, तलाउसहितका जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् । घरका सबै सदस्य पनि नुहाई चोखो लुगा लगाएर छठीघाटमा पुग्ने पुजामा सहभागीहरुको भनाई छ ।

छठीघाटमा चोखो माटोले लिपपोत गरेर बनाइएको पूजा स्थल सिर सोता छेउमा बसेर व्रतालुहरूले सांगीतिक रुपमा छठी माता र सुर्यभगवानसंग जोडिएका पारम्परिक गीत गाउँछन् । सामूहिक रुपमा छठ पुजामा सहभागीहरुले सोमवार साँझ अस्ताउदै गरेको सूर्य भगवान् र छठी मातालाई व्रतालुहरूले नदी र जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको भांडोमा उखु, काँचो केरा, कागती, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछेता, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा) दिइएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व नुवाकोटमा पनि सामूहिक रुपमा मनाउन सुरु भएकोमा धार्मिक सहिष्णुताको नमूनाको रुपमा रहेको पुजामा सहभागी बिदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थले खुसी हुदै वताए ।

उनले छठ पर्व हेर्न पान्चायन मन्दिरमा सर्वसाधारणको भीड लागेको थियो । उक्त सामूहिक छठ पुजास्थल रंगीचंगी रुपमा सिंगारिएको थियो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिने प्रचलन रहेको छ ।

छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने परम्परा रहेको छ । षष्ठीका दिन रातभर जाग्राम बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ । यस वर्ष नुवाकोटको त्रिदुर र बेलकोटगढी नगरपालिकाका साथै किस्पाङ र तारकेश्वर गाउंपालिका प्रलयकारी बाढीले प्रभावित पारेको छ । बाढीको कहरका वीच पनि पीडा विर्सिंएर सद्भावयुक्त भावनाले छठ पुजा गरिएको उदारहणीय रहेको त्रिबदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ । नुवाकोट प्रहरीले छठ पुजा गरेको स्थानमा विशेष रुपमा सुरक्षाको प्रवन्ध मिलाएको थियो ।


सर्वाधिक रुचाइएको